मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एउटा भट्टराईलाई देखेर अर्का भट्टराई अचम्म

अनुप भट्टराई, काठमाण्डौ, 2010/11/10

एउटै थर फरक नाम, एउटै बर्ण तर फरक काम । फरक यो कारणले कि एक भट्टराई देश हाँक्दै छन् त अर्का भट्टराई चलचित्र उधोगलाई हाँक्ने कोसिस गर्दै छन् । यहि फिल्म नगरी हाँक्न खोजिरहेका निर्देशक श्याम भट्टराईलाई देखी त्यो समय नेता बाबुराम भट्टराई निकै अचम्मित भए । 


आफ्नो फिल्म कसले चोर्‍यो मेरो मन हेर्न गुण सिनेमा हल ग्वार्को पुगेका नेता भट्टराईलाई निर्माता छविराज ओझाले कलाकार परिचय गराउदै थिए । करिश्मा मानन्धर, जीवन लुइटेल, आयुष रिजाल, रेश मरहठ्ठा, विनय श्रेष्ठ ऋचा शर्मा, गीतकार किरण खरेल लगायतसंगको परिचय पछी निर्देशक श्याम भट्टराईको पालो आयो । 'उहाँ डाईरेक्टर'  निर्माता छविले नेता भट्टराई लाई भने ।

 

निर्देशक श्यामलाई देखि एक छिन त बाबुराम अच्चम्ति नै भए र भने 'तपाई पनि डाईरेक्टर ? '  बाबुरामको अचम्मको प्रश्न आएपछी छविले फेरी भने 'हो उहाँ डाईरेक्टर हो',   'तर कति सानो त ?'   फेरी बाबुरामले प्रश्न गरे र अचम्मित हुदै श्यामसंग हात मिलाए । मंगलबार बेलुकीको त्यो जमघट उनीहरूको भेट पहिलो थियो ।



हुन त नेता भट्टराईले अभिनेत्री करिश्मा मानन्धर, रेखा थापा र  अभिनेता भुवन केसीलाई मात्र चिन्दा रहेछन । चलचित्रकर्मीको भिडमा सानो निर्देशकले परिचित श्याम, नेता भट्टराईले आफुलाई हेर्दा अचम्मित भएपनि उनीसंग हात मिलाउन पाउदा निकै दंग परेका थिए ।