मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुमार कान्छाको सहयोगार्थ चलचित्र प्रदर्शन

फिल्मीखबर, काठमाण्डौ, 2010/11/10

भगवान बुद्धको कथामा आधारित चलचित्र 'पटाचारा'  बेल्जियमको लुभेन र ब्रसेल्स शहरमा प्रदर्शन हुने भएको छ । पार्श्वगायक कुमार कान्छाको सहयोगार्थ सो चलचित्र प्रदर्शन गरिन लागिएको हो ।

 

ईन्द्रधनुष क्लव बेल्जियमले १६ नोभेम्बरका दिन दिउँसो २ बजे र साँझ ५ बजे लुभेन स्थित कल्चर सेन्टरमा सो चलचित्र प्रदर्शन गर्दै छ । यसैगरी १४ नोभेम्बर आइतबारका दिन दिउँसो ३ बजे ब्रसेल्समा पनि उक्त चलचित्र प्रदर्शन गरिदै छ ।

 

रामकृष्ण खड्गीको लेखन तथा निर्देशनमा दिजेन्द्र शाक्यले निर्माण गरेको चलचित्र 'पटाचारा' मा मेलिना मानन्धर, महेश शाक्य, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी, अन्नपूर्णेश्वरी श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् । रवि सायमीको छायांकन, रामकृष्ण खड्गी, रामकृष्ण दुवाल तथा नगेन्द्र राजोपाध्यायको संगीतमा निर्माण भएको यो चलचित्र नेवारी भाषामा बनेको भए पनि पछि यसलाई नेपालीमा पनि अनुबाद गरिएको हो ।