मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाईस्पिड रेजिना

फिल्मीखबर, काठमाण्डौ, 2010/11/10

हुन त चलचित्रको भाषामा हाईस्पिडको अर्थ विस्तारै भन्ने बुझिन्छ । तर यहाँ प्रस्तुत गर्न  खोजिएको बिषय चलचित्र भित्रको हैन ।



नायिका रेजिना उप्रेतीले स्कुटी चढ्न थालेको धेरै भईसक्यो  । सुटिङ्ग बाहेक अन्य समयमा  रेजिना जहाँ जान्छिन आफ्नो कालो स्कुटीलाई समाति हाल्छिन् । बा २८ प ६३७० नम्बरको काईनेटिक ब्लेज चढ्ने नायिका उप्रेती यति धेरै स्पिडमा गाडी चलाउछिन कि त्यो चलाई हेर्दा जो कोही पनि एक पटक आत्तिन्छन् ।



व्यस्त सडकमा द्रुत गतिमा स्कुटी चलाई रहेको बेला यदि उनलाई कसलै जित्न खोज्छ भने उनको स्कुटीको एक्सीलेटर पनि त्यति नै धेरै बटारिने गर्दछ ।  हावाको तालमा बाइक चलाउने रेजिनाको त्यस्तो किसिमको बाईक चलाईले कुनै पनि  बेला दुर्घटना नहोला भन्न सकिन्न ।



उनको बाइक चलाई कम्तिमा पनि  ७० को स्पिड भन्दा कम हुदैन होला । उनलाई थोरै गतिमा गाडी चलाउन मन पनि लाग्दैन रे । किन यति धेरै स्पिड भन्दा उनी भन्छिन् 'स्पिड छ भन्ने कुरा  मलाई थाहा नै हुदैन ।' 



के हो रेजिना जी आफुले चलाएको गाडीको स्पिड पनि तपाईलाई थाहा हुदैन ?  'छिटो गए भन्न सकिन्न ढिला गए अवश्य पुगिन्छ' भन्ने उखान तपाईलाई याद छ कि छैन ?