मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

डरको ब्यापार उत्साहजनक

फिल्मीखबर, काठमाण्डौ, 2010/11/11

गएको कात्तिक बाह्र गते देखि उपत्यकामा प्रदर्शन आएको चलचित्र डरले तेस्रो सातामा पनि उत्साहजनक प्रदर्शन गर्न सफल भएको छ । दशै र तिहारको मुखमा अन्य चलचित्रले सोचे अनुरूपको होल्ड ओभर गर्न नसकिरहेको अवस्थामा डरले भने आज बिहिबार सम्म आफ्नो होल्डओभर कायम गर्न सफल भएको हो ।



बाला गुरूङको निर्माणमा प्रदिप श्रेष्ठ निर्देशित उक्त चलचित्रले साढे दुई बर्षपछी प्रदर्शनको पालो पाएको हो । सुरूवातमा राजधानीका १६ वटा सिनेमा भवनमा सो चलचित्र प्रदर्शन भएपनि तेस्रो सातामा आईपुग्दा विभिन्न ९ वटा सिनेमा भवनमा आफ्नो पकड जमाउन सफल भएको छ । यस्तै चलचित्रका निर्माता बाला गुरूङले प्रदर्शनमा राजनीति नभए चौथो सातामा पनि डरले होल्ड ओभर गर्न सक्ने जानकारी दिएका छन् ।



सस्पेन्स, थ्रिलर र प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्र 'डर'मा नायक राजेश हमाल , विराज भट्ट रमित ढुङ्गाना, निरूता सिह लगायतको अभिनय रहेको छ । मान्छेमा हरेक किसिमका डर विद्यमान हुन्छन्, हरेक पलमा डर कायम छ, तर पनि यिनै डरका बीचमा जीवन जीउनुपर्ने हुन्छ भन्ने मुख्य कथा सो चलचित्रमा प्रस्तुत गरिएको छ ।