मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकीको विन्डो सपिङ्ग

अनुप भट्टराई, काठमाण्डौ, 2010/11/11

आगामी माघ १४ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र स्वर मार्फत नायिकाको परिचय बनाउने तरखरमा जुटेकी केकी अधिकारी बिहिबार कमलपोखरी स्थित सिटि सेन्टरमा विन्डो सपिङ्गमा व्यस्त थिईन ।



अर्की नवनायिका बिनिषा हमालका साथ सपिङ्गमा भेटिएकी केकी निकै हर्षित  मुद्रा थिइन् र भन्दै थिइन् 'विन्डो सपिङ्ग गर्न आएको ।' उनको त्यो विन्डो सपिङ्गको अर्थ बजारमा आएका नयाँ नयाँ  सामान रोज्नु र फुर्सदमा गएर फेरी किन्नु रहेछ । आफु ब्यागको निकै सौखिन रहेको भन्दै  केकीले भनिन्  'ब्याग, पर्स, गग र स्याण्डल  हेरें अब अर्को दिन आएर किन्छु ।' 


झण्डै तीन बर्षअघि क्लोज अपको विज्ञापन हुदै म्यूजिक भिडियो मार्फत करिअर सुरू गरेकी २० बर्षीया नवनायिका केकी अहिलेकी नम्बर वान मोडलको रूपमा समेत परिचित छिन् । म्यूजिक भिडियोबाटै क्यामेरा फेसिङ्गमा निकै राम्रो दर्शक प्रतिक्रिया पाईरहेकी केकी निर्देशक बद्री अधिकारीको छोरी हुन ।


विन्डो सपिङ्ग पछी सिटी सेन्टरको सवै भन्दा अन्तिम तल्लामा समोसा चाट, चाईनिज सुप हट एण्ड सावर र चिसोको मज्जा लिईरहेकी केकीलाई सामान हेरेपछी नकिनिकन निस्किदा लाज लाग्दैन  भन्दा केकी भन्छिन 'के को लाज? आज हेर्‍यो अनि भोली आएर किन्यो भैहाल्यो नि !  दोर्‍याएर सपिङ्ग आउदा समयको  बर्बाद हुन्छ नी भन्ने अर्को प्रश्नमा केकी फेरी  भन्छिन् , 'अँह हुदैन त्यस्तो ।'  तर बुझ्दै जाँदा केकीले सामान नकिन्नुको अर्थ अर्कै रहेछ । 


त्यो कारण चाहि २ बर्षअघि देखि केकीले प्रयोग गर्दै गरेको नविल बैकंको एटिएम कार्ड रहेछ । सधै पर्समा बोकि राख्ने केकीको  एटिएम कार्ड बिहिबार भने घरमै छुटेछ  र सामान किन्ने बेलामा उनको होस खुलेछ , 



सपिङ्ग गर्ने सुरमा कार्ड चाहि घरमै छाड्ने अनि विन्डो सपिङ्ग भन्ने ? यो त भएन नी केकी जी !