मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रक्षालाई चाहियो हिरो हिरोइन

फिल्मीखबर, काठमाण्डौ, 2010/11/12

पहिलो चलचित्र दि गेम प्रदर्शन नभई अर्को चलचित्र निर्देशन गर्ने तयारी गरिरहेकी महिला निर्देशक रक्षा सिंह राणालाई नयाँ हिरो हिरोइन आवश्यक्ता परेको छ ।


फिल्मीखबरसंग कुरा गर्दै उनले भनिन् 'मलाई फ्रेस अनुहारका हिरो हिरोइन चाहियो, लौन छ कोही ?' हातमा तीन वटा चलचित्रका स्क्रिप्ट तयार रहेको भन्दै उनी भन्दै थिइन् 'दि गेम प्रदर्शन भए लगत्तै नयाँ फिल्म निर्देशन गर्दैछु ।'

 

श्रीमान् बाल नरसिंह राणालाई नायक बनाएर फिल्म निर्माण गर्ने तयारी गरिरहेकी रक्षाको नयाँ प्रोजेक्टको नाम भने तय भइसकेको छैन् । उनको अर्को हिरोको रोजाईमा केही हद सम्म नायक आर्यन सिग्देल परेपनि हिरोइन भने फ्रेस चाहिएको छ उनलाई । कस्तो हिरोइन चाहिएको छ त उनलाई ? उनी भन्दै थिइन् 'अभिनय गर्न सक्छु भन्ने खालकी अग्ली हिरोइन । '



आफ्नो पहिलो प्रोजेक्ट दि गेमको प्रदर्शन मिति फिक्स गर्ने तयारी गरिरहेकी रक्षाले प्रदर्शन पूर्व त्यो फिल्मको च्यारिटी शो समेत गरिने जानकारी दिएकी छिन् । रक्षाले बताए अनुसार दि गेमको च्यारिटी झापा, दार्जिलिङ्ग, सिक्किम पोखरा, हुदै काठमाण्डौमाका गरिने छ ।