
यस अघि मंसिर १७ गतेका लागि प्रदर्शन मिति तय भएको मनीषा कोइराला अभिनित चलचित्र धर्मा मंसिर २४ गतेमात्र प्रदर्शन हुने भएको छ ।
वितरक डिजिटल सिनेमा नेपाल (डिसिएन)ले चलचित्र 'बाटो मुनिकको फूल' को पहिलो प्रदर्शन मिति मंसिर ३ गते बाट १० गते पुर्याएपछी धर्मा एक साता पर धकेलिएको हो । यस अघि डिसिएनले लक्ष्मी पुजाको दिन बाट धर्मा प्रदर्शन गर्ने जनाउदै आएपनि त्यो समय गोर्खा पल्टनको पालो भन्दै धर्मा पर धकेलिएका हो ।
उता निकै प्रतिक्षा गरिएको सुरज सुब्बा निर्देशित चलचित्र बाटो मुनिको फूलले होल्डओभर राम्रो गर्न सके धर्माको प्रदर्शन मिति अझै पर सर्ने निश्चित छ ।
यस्तै बाटो मुनिको फूलको मिति परिवर्तनको कारण धर्मा पछीका अन्य चार चलचित्रहरु एक दिन एक रात, मन परेपछी , चिनो र स्वरको निर्धारित प्रदर्शन मिति पनि एक साता पर सर्ने सम्भावना निकै रहेको डिसिएनले जनाएको छ ।