मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलिउडमा होची नायिकाहरूको बाहुल्यता

अनुप भट्टराई, काठमाण्डौ, 2010/11/12

चलचित्रको कथाले न त नायिकाको रूप भन्छ न उचाई । कथाको डिमाण्ड अनुसार चलचित्रमा जस्तो सुकै बर्ण र आकारका नायिकाहरू फिट हुन सक्छन् । तर पनि फिल्मीखबरको कौसीबाट यसो हेर्दा नेपाली चलचित्र उद्योगमा होची नायिकाहरूको बाहुल्यता बढ्दै गएको देखिएको छ ।



कालीसुन्दरीको परिचय बनाएकी नायिका ऋचा घिमिरेको उचाई ५ फिट ५ इन्च छ । जुन उचाई अहिले चलेका  नायिकाहरूको उचाइमा अग्रपंक्तीमा पर्दछ । उनीसँगै उषा पौडेल र मेलिना मानन्धरको उचाई पनि त्यहि हाराहारिमा छ । उचाईको हिसाबले त्यसपछि दोस्रो स्थान  अरूणिमा लम्साल, युना उप्रेती, स्वेता खड्का पर्दछन् । कलिउडमा नं वान नायिकाको छबि बनाएकी रेखा थापाको उचाई वाह भन्न सक्ने अवस्था नरहेपनि उनको उचाईलाई ठिकै मान्न सकिन्छ ।  यि नायिकाको साथमा नन्दिता केसी, गरिमा पन्त, निशा अधिकारी, रेजिना उप्रेती लगायतको उचाईमा वाह भन्न सक्ने अवस्था छैन ।

 


चलचित्रको पर्दामा अग्ला हिरोहरूसंग बराबरीमा देखिने नेपाली नायिकाहरू बास्तविक जीवनमा भने त्यति अग्ला छैनन् । कुरा गरौ एक्टीङ्ग क्विनले परिचित नायिका झरना थापाको । उनको अभिनयलाई कतै पनि खोट लाउने ठाउँ भटिदैन तर पनि अग्ला हिरोहरूसंग सुटिङ्ग गर्दा हिरोहरूलाई निहुरिदाको समस्या कसले बुझिदिने ? निहुरिदाको त्यो पिडा न त होची नायिकाहरूले बुझ्छन् न त चलचित्रको यूनिटले । बस आफुलाई परेको त्यो अप्ठयारो सहदै नायकहरू फिल्म खेल्न बाध्य भईरहेका छन् ।



त्यो बाध्य पना हिरोहरूलाई मात्र परेको भने हैन । क्लोज सटमा इट्टा तथा एप्पल बक्स लगायतका अग्ला सामान माथी चढी टेक दिँदा आफुलाई परेको त्यो समस्या होची नायिकाहरूले पक्कै पनि मनन गरेका होलान् ।



अब कुरा गरौ अर्की नायिकाको । तुलसी घिमिरे निर्देशित चलचित्र दक्षिणा मार्फत रजतपट टेकेकी नायिका निरूता सिहको चेप्टो अनुहारको कारण दर्शकले जसरी उनलाई पर्दामा अग्ली देख्छन बास्तविक जीवनमा उनी त्यति अग्ली छैनन् । उनको उचाई नायिका झरना थापाकै हाराहारीमा छ । धेरै समय देखि रजतपटमा राज गरेका यि दुवै नायिकाको उचाई मात्र पाँच फिटको हाराहारीमा छ । चलचित्र उद्योगको भाग्य नै यस्तो हो कि वा बाध्यता ?

 


चलचित्र सानो संसार मार्फत रजतपट प्रवेश गरेकी नायिका नम्रता श्रेष्ठ पनि त्यति अग्ली छैनन् । उनले बताए अनुसार उनको उचाई ५ फिट २ इन्च छ । यस्तै चलचित्र स्वर मार्फत नव नायिकाको परिचय बनाउदै गरेकी मोडल केकी अधिकारीको उचाई पनि निकै कम छ । यस्तै नाई नभन्नु ल कि नायिका ऋचा सिंह ठकुरी, नायिकाको परिचय बनाउदै गरेकी अर्की मोडल नम्रता सापकोटा र निता ढुंगानाको उचाई पनि कम छ ।


कथा अनुसारको अभिनयको लागि उचाईले केही फरक पार्दैन भनिन्छ । तर पनि नायकहरू चाहिँ अग्लो खोज्ने निर्माता निर्देशकले ती अग्ला हिरोहरूको लागि अग्ली हिरोइन नपाएका हुन वा नेपालमा अग्ली युवतीहरूको खडेरी परेको हो यो प्रश्न भने तीनै निर्माता र निर्देशकहरूलाई ।