मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अझै भेटिएनन् नायक नायिका

फिल्मीखबर, काठमाण्डौ, 2010/11/12

भर्खरै मात्र मालतीको भट्टीको छायाँकन सकेका निर्माता प्रदिप उदय अर्को चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को निर्माण कार्यमा जुटेका छन् ।
 

प्रदिपका अनुसार अहिले उक्त चलचित्रको गीतको काम भईरहेको छ । निर्माता उदयका अनुसार तीनवटा गीत फाईनल भएको र शुक्रबारबाट ति तीन गीतहरूको संगित संयोजन कार्य शुरू गरिएको छ । मंसिर १ गतेबाट सो गीतको रेकर्डिङ सुरू हुने र माघ १ गतेबाट चलचित्रको छायाँकन सुरू गरिने निर्माता उदयले जानकारी दिए ।

 

प्रेमकथामा आधारित रहेर निर्माण गर्न लागिएको सो चलचित्रको निर्देशन ऋषि लामिछानेले गर्दैछन् । चलचित्रमा महेश खड्काको संगीत रहने छ । सो चलचित्रका लागी मुख्य नायक नायिकाको अझै निधो भएको छैन् । निधो नहुनुको कारण पनि अर्कै छ । उनले राम्रो अभिनय क्षमता र पढेका नायक नायिकाको खोजी गरिरहेका छन् त्यो पनि २२ देखि २५ बर्षको नायक र १८ देखि २० बर्ष बीचकी नायिका ।

 

उमेर नै तोक्नुको कारण ? उनी भन्छन्, 'चलचित्रको कथा नै टिनेजर्स केटाकेटीमा आधारित छ ।' कलेज लाईफमा हुने प्रेम प्रसंगलाई चलचित्रको मुख्य कथाबस्तु बनाईएकोले टिनेजर्स केटाकेटी खोज्नु परेको उनको भनाई छ ।

 

आश गरौं, यि निर्माताले छिटो भन्दा छिटो 'खोजे जस्तै रोजे जस्तै' नायक नायिका भेटुन् । उनलाई हाम्रो शुभकामना !