मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'नम्रताबाट भावनात्मक सहयोग पाईन' : निर्देशक पोखरेल

फिल्मीखबर, काठमाण्डौ, 2010/11/12

चलचित्र 'मिस यू' को सुटिङ्गको दौरानमा नायिका नम्रता श्रेष्ठले आफुलाई कुनै पनि स्थानमा भावनात्मक सहयोग नगरेको निर्देशक सुरेश दर्पण पोखरेलले खुलासा गरेका छन् ।



शुक्रबार सो चलचित्रको इन्डक्ल्याप पछी फिल्मीखबरसंग सुटिङ्ग राज खोल्दै पोखरेलले भनेका छन् 'नम्रता माथी रिश्क लिएर यत्रो करोडौको फिल्ममा हामीले लियौ तर त्यति हुदाँ हुदै पनि जुन सहयोगको एक्सपेक्ट थियो त्यो पाएनौ ।'

 

चलचित्र छायाँकनको क्रममा निकै दुख कष्ट झेल्नु परेको बताउदै निर्देशक पोखरेलले भने, 'यो चलचित्र निर्देशन गर्न मलाई निकै ठूलो चुनौती थियो तर त्यो चुनौतीको सामना गर्न निकै गार्हो भयो ।' यो भनाई कतै पब्लिसिटी स्टण्ड त हैन ? पोखरेलले भने, 'मेरो चलचित्रको इडिटिङ र डबिग अझै बाकी छ किन चाहियो नि स्टण्ड?'



नम्रतालाई केही हद सम्म बचाउदै घुमाउरो पारामा पोखेरलले सुटिङ्गको समयमा निर्माता समेत रहेका दीलिप रायमाझी, बरूण राणा र प्राविधिक तर्फबाट पनि आफुले कुनै भावनात्मक सहयोग नपाएको गुनासो व्यक्त गरेका छन् । यध्यपी  कलाकारले चाहिने ठाँउमा भावनात्मक सहयोग नगरेपनि अभिनयमा भने राम्रो सहयोग गरेको दर्पणको भनाई छ । दिलिप र बरूण माथि रिसको झुठो आक्रोश दर्पणले देखाएपनि उनको पूर्ण आक्रोश भने नायिका श्रेष्ठ माथि थियो ।



तीन महिना अघि सुटिङ्ग सुरू गरिएको 'मिस यू' को ७० प्रतिशत छायाकंन मलेसियामा गरिएको थियो भने बाकी ३० प्रतिशत छायाकंन नेपालमा गरिएको हो । तीन महिनाको सुटिङ्गमा ८१ लाख खर्च गरिएको भन्दै निर्देशक पोखरेलले रिलिज सम्म मिस यू को बजेट १ करोड २५ लाख सम्म पुग्ने बताएका छन् ।


आफ्नै चलचित्रकी नायिकाको बारेमा विरोधाभाष प्रकट गरेका निर्देशकको यो भनाई भने बुझ्न सकिएन ।  कतै साच्चिकै फिल्मको पब्लिसिटी पिक अप गराउने नाममा नम्रतालाई दुरूपयोग गर्न त आटिएको हैन ?