मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विरामी रौनकलाई ऋचाको सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2010/11/13

मस्तिष्क रोग (माइल्ड कोर्टिकल एट्रोफी ) बाट नराम्रो गरी प्रभावित भएका ९ बर्षीय बालक रौनक शर्मालाई नायिका ऋचा घिमिरेले आर्थिक सहयोग गरेकी छिन् ।



शनिबार अपरान्ह विरामी बालकको डेरा न्यूरोड मख्खन टोल पुगी घिमिरेले रौनकका पिता शुशिल कुमार शर्मालाई केहि आर्थिक सहयोग गरेकी छिन् । एसएमएस र फोन मार्फत आफ्नो छोरालाई बचाउन विभिन्न कलाकारहरूको शरणमा पुगेका पिता शुशिललाई शान्तवना र हौसला दिन ऋचाले प्रत्यक्ष विरामी बालकको स्वास्थ्य अवस्था समेत बुझेकी थिइन् ।



अत्यन्त विपन्न बर्गको त्यो परिवारलाई ऋचाले आफ्नो एक्लो र सानो सहयोगले केही नहुने भन्दै अन्य कलाकारहरूसंग समेत सहयोगको आग्रह गरेकी छिन् । ऋचाले 'यो मेरो सहयोग भन्दा पनि एउटा पितालाई सन्तान सुखका लागि हौसला मात्र भएको बताएकी छिन् ।' ऋचाले यो आफ्नो सानो सहयोगको साथमा सामाजिक सञ्जाल फेसबुक, आफन्त तथा साथीभाईको माध्यमबाट रौनकको उपचारका लागी आर्थिक सहयोग अभियानमा लाग्ने बताईन् ।



मस्तिष्कको रोगको कारण शरिर सुकेको र राम्रोसगं आँखा समेत खोल्न नसक्ने रौनकलाई सामान्य उपचार्रार्थ पनि ८ लाख भन्दा बढी रकम चाहिने हुनाले पिता शुशिलले सहयोगका लागि कलाकारहरूको दैलो घचघच्याउन थालेका हुन ।



विरामीका पिता शुशिलले थुप्रै उच्च व्यक्तिहरूसंग सहयोग मागि रहेको र कलाकारहरूसंग पनि माग्न थालेको बताए । विरामी छोरो पूर्णरूपमा निको हुने आशा बोक्दै उनी भन्दै थिए 'जन्मले मेरो छोरो भएपनि नेपाली हुनुको नाताले सहयोग गर्दिन अनुरोध गर्दछु ।' उपचारको लागि आवश्यक रकम जति सक्दो चाडो संकलन हुन्छ त्यति चाडै भारतको भेल्लोर अस्पताल पुर्‍याई रौनकलाई निको बनाउने अठोट शुशिलले व्यक्त गरेका छन् ।



एक दशक अघि सन्तोष पन्तको टेलिचलचित्र हिजो आजको कुराको केही भागमा समेत अभिनय गरेका शुशिलले यदि कसैले आफ्नो छोरालाई आर्थिक सहयोग गरी जीवन दान दिन चाहेमा काठमाण्डौको न्यूरोड स्थित सिटिजन बैकको खाता नम्बर 0070000405 MU मा सहयोग रकम जम्मा गर्न आँशु सहित आग्रह गरेका छन् ।