मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कतार उडे करिश्मा र दिलिप

फिल्मीखबर, काठमाण्डौ, 2010/11/14

एक सांगितिक कार्यक्रममा सहभागी हुनको लागि अभिनेत्री करिश्मा मानन्धर र नायक दिलिप रायमाझी  कतार प्रस्थान गरेका छन् ।

 

आइतबार बिहान  साढे १० बजेबहराईन एयरको विमान माफर्त करिश्मा र दिलिपका कतार प्रस्थान गरेका हुन् । करिश्मा र दिलिपका अलवा सौजन्य सुब्बा, गोपाल नेपाल फिष्टे, गायिका द्धय मल्लिका कार्की, मौसमी गुरूङ, नरेन्द प्यासी, खुमन अधिकारी र सुनिता दुलाल कतार गएका छन् । नायिका करिश्मा मानन्धरलाई छाड्न श्रीमान विनोद मानन्धरका विमान स्थल पुगेका थिए भने दिलिप एक्लै एयरपोर्ट पुगेका थिए ।

 

कतार स्थित स्याङजाली समाजको आयोजनामा राम्दीघाटमा निर्माणाधिन बृद्धाश्रमको सहयोगार्थ हुन लागेको नेपाली लोकप्रिय साँझ २०१० मा दर्शकलाई मनोरञ्जन प्रदान गर्न उनीहरू त्यहाँ गएका हुन् । कार्यक्रममा नायिकाद्वय करिश्मा र सौजन्य र नायक दिलिप रायमाझीले नृत्य प्रस्तुत गर्नेछन् भने अन्यले आ-आफ्ना गीत गाउने छन् ।

 

बहराईन ट्रान्जिट हुदै कतारको दोहा एयरपोर्ट ओर्लने करिश्मा र दिलिप नेतृत्वको कलाकार टोली आगामी शुक्रबार नेपाल फर्कने छ ।