मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्मी बन्न हिँडे जीवन

फिल्मीखबर, काठमाण्डौ, 2010/11/14
ह्याण्डसम उपाधीले परिचित नायक जीवन लुइटेल एक दिने आर्मी बन्नका लागि  आईतबार बिहान  शिवपुरी राष्टिय निकुञ्ज अन्र्तगतको  कालीबहादुर गण लिपिकोट  गएका छन् ।
 
 
नेपाल टेलिभिजनको मेट्रो च्यनाल एनटिभी प्लसबाट आगामी शुक्रबार देखि  प्रसाराणमा आउन लागेको टेलिभिजन रियालिटीको शो वान डे आर्मीको छायाकंनको लागि लुइटेलले २४ घण्टा आर्मीको पहिरन सहित  विभिन्न कठोर तालिम दर्शकलाई देखाउने छन् ।
 
 
 
२४ घण्टाको लागि पूर्ण रुपमा आर्मीको अनुभव दर्शकलाई दिन लागेका एक दिने आर्मी जीवनले आर्मीको अनुभव लिने मौका पाएकोमा निकै खुशी व्यक्त गरेका छन् । यस अघि सो कार्यक्रमको तीन भागका लागि विभिन्न आर्मी ब्यारेक गई  नायिका यूना उप्रेती, सुमन सिंह र राजबल्लभ कोइरालाले एक दिने आर्मीको अनुभव गरिसकेका  छन् ।
 
 
 

आगामी शुक्रबार बेलुकी साढे सात बजे देखि आधा घण्टा प्रसारणमा आउन लागेको उक्त कार्यक्रमको पहिलो भागमा नायक सुमन सिहको प्रस्तुती हेर्न सकिने कार्यक्रम निर्माता अंशु महर्जनले जानकारी दिएकी छिन् । पहिलो भागपछी दोस्रोमा यूना उप्रेती, तेस्रोमा राज र चौथो भागका लागि जीवन छनौट गरिएको अंशुले बताएकी छिन् ।