आईतबार दिउँसो नायिका मेलिना मानन्धरले छोरीलाई जन्म दिएकी छिन् ।
चाबहिल स्थित ओम नर्सिङ होममा दिउँसो करिब १ : ५० मिनेट जादा मेलिनाले छोरीलाई जन्म दिएको मेलिनाका श्रीमान तथा नायक मुकेश ढकालले जानकारी दिएका छन् ।
श्रीमतीबाट लक्ष्मी प्राप्त भएपछि निकै खुशी भएका मुकेश भन्दै थिए 'झण्डै तीन किलोकी छिन् उनी ।' प्रसव पिढाले च्यापेपछी मेलिनालाई आईतबार बिहान ११ बजे अस्पताल भर्ना गरिएको थियो । गर्भवती मेलिनालाई डा. रिता मानन्धरको टोलीले सुरक्षित साथ अप्रेशन गरी शिशुको जन्म गराईएको हो ।
यस खुसीको अवसरमा नायिका मेलिना मानन्धर तथा नायक मुकेश ढकाललाई फिल्मीखबर डटकमको तर्फबाट हार्दिक बधाई ।