मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कपाल काटेपछी राजेश हमाल

फिल्मीखबर , काठमाण्डौ, 2010/11/14

लामो कपालमा देखि रहेका महानायक राजेश हमाललाई यदि तपाईले छोटो कपालमा देख्नु भयो भने के भन्नु होला ? सायद भन्नु हुन्छ होला छ्या किन काटेको ?  यदि त्यसो भन्न मन नलागे किन काटेको वा अन्य प्रश्नहरू उनीमाथि गर्नु हुन्छ होला ।


२० बर्ष अघि देखि जुल्पी हल्लाउदै दर्शक माझ एक छत्र राज गरेका महानायक हमालको त्यो जुल्पी अब तपाईले देख्न पाउने हुने छैन । किन कि उनले आईतबार व्यूटिसियन सान्द्रा पुनबाट आफ्नो कपाललाई ठूटै पारेका छन् । गर्धन सम्म आउने उनको कपाल अव एक इन्चको मात्र भएको छ । कस्तो कट हो यो भन्दा राजेशले व्यूटिसियन सान्द्रा प्रति लछित गर्दै भने 'यो सान्द्रा  कट हो ।'


करिब दुई बर्षअघि निर्देशक दीपेन्द्र  के खनालको पहिलो चलचित्र 'दि युग देखि युग सम्म' को सुटिङको समयमा उनले सान्द्राबाटै आफ्नो कपाललाई कोरियन लुक्स दिएका थिए ।



यस्तै २००८ मा हङकङ जादा उनले त्यहाँका नेपाली दिदीबहिनीको पार्लरमा फेसियल गर्नुको साथै साधारण कपाल छाटकाट  गरेका थिए । काठमाण्डौको नक्साल भाटभटेनी स्थित 'व्यूटि क्लब एस'  मा गाउन लगाएर कपाल काटिरहेका हमाल भन्दै थिए 'मलाई यस्तो लुगा लगाएर बस्न निकै गाह्रो  हुन्छ ।'  जिन्दगीमा कपाल काट्ने काम आफ्नो प्राथमिकतामा कहिलै नपरेको भन्दै उनले भने  'मेरो घरमा समेत यहिँ कपालको कारण बुवासंग विवाद भई रहन्थ्यो ।'


स्टार नायकको कपाल काट्दा व्यूटिसिएन सान्द्रा केही हतासमा थिइन भने नायक हमाल आफू कस्तो देखिउला भन्दै निकै चिन्तित थिए । तर कपाल काटिसकेपछी सान्द्राले एकदम सुहायो भनेपछी उनी पनि मख्ख भए । करिब २ सय ५० चलचत्रिमा अभिनय गरिसकेका नायक हमाललाई एक दुई वटा चलचित्र बाहेक अन्य चलचित्रमा छोटो कपालमा भेट्न मुस्किल पर्छ ।



आखिर किन राजेशले कपाल काटे त ? धेरै वटा चलचित्रमा प्रहरीको भूमिकामा देखिसकेका नायक हमाल बाबुराम दाहालको चलचित्र  'फर्कि आउ' मा प्रहरी बन्दै छन् र त्यो प्रहरीको कपाल छोटो हुने पर्ने भएकाले उनलाई निर्देशक ओम प्रतिकले प्रहरी प्रधान कार्यालय नक्सालको दवावमा कपाल काट्न लगाएका हुन ।


प्रतिकले कथालाई जिवन्तता दिन सल्लाहको लागि स्क्रिप्ट बोकेर प्रहरी प्रधान कार्यालय नक्साल पुगेपछी त्यहाँका अधिकारीले नेपालका अधिकाशं फिल्ममा प्रहरीको कपाल नकाटेर धज्जी उडाएको भन्दै सो भूमिकामा कपाल नकाटी छायाकंन गर्न नदिने बताएपछी  अन्तत:  राजेशको कपाल चलचित्रको कथा अनुसार काटिएको हो ।



यस्तै राजेशले काथाको डिमाण्ड अनुसार आफ्नो कपाल काटिएको प्रति कुनै आपत्ति नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन् 'कथामा गम्भीरता भए हरेक बिषयमा लुक्स चेन्ज गर्न म तयार छु ।'



हमाल आफ्नो दोस्रो चलचित्र 'अधिकार' मा पहिलो पटक प्रहरीको भूमिकामा देखिएका थिए जुन बेला उनको कपाल पनि लामो थियो । त्यसपछिका विभिन्न चलचित्रमा प्रहरी बनेका उनी लामै कपालमा देखिएका थिए ।



के यो कपाल अब सधै छोटो हुन्छ त भन्दा उनले भने 'हेरौ के हुन्छ '   जे होस जसरी भएपनि कथाको यथार्थ  बिषय बस्तुलाई आधारमान्दै प्रहरीको दबाबमा  महानायकको कपाल कटाउन सफल भएका निर्देशक प्रतिकलाई धन्यवाद दिनै पर्दछ ।