मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कपाल काट्ने बित्तिकै हमाललाई फिल्मको अफर

फिल्मीखबर, काठमाण्डौ, 2010/11/14

हुन त महानायक राजेश हमाललाई नयाँ फिल्मको प्रस्ताव आउनु कुनै नौलो कुरा हैन । बीस बर्ष कलिउडमा जसरी उनले अभिनयको साथै लामो कपालको साहयताले आफ्नो परिचयलाई सवै भन्दा माथि राख्न सफल भए त्यसै गरी अबको २० बर्षपनि उनले आफ्नो त्यो परिचयलाई फरक ढङ्गले अग्रस्थानमा नराख्लान् भन्न सकिन्न ।



कपाल विनाका महानायक कलिउडमा कपाल भएर जसरी लक्की भए आज पनि  कपाल विना त्यसैगरी लक्की सावित भएका छन् । अर्थात कपाल काटेको पहिलो दिनमै उनलाई नयाँ फिल्म खेल्ने अवसर प्राप्त भएको छ ।



ब्यूटिसियन सान्दा पुनसंग कपाल काटेर राजेश  के उठेका मात्र थिए अकस्मात निर्देशक शंकर घिमिरे राजेशको अगाडी टुप्लुक्क आईपुगे । आईपुग्न नपाई उनले राजेशसंग  काने  खुशी गर्दै थिए । उता राजेश पनि शंकरको हाउभाउ प्रति सकारात्मक प्रतिक्रिया दिदै थिए । बुझ्दै जाँदा निर्देशक शंकरले त्यो समय राजेशलाई आफ्नो नयाँ प्रोजेक्टमा काम गर्न आग्रह गरेका रहेछन्  र राजेशले पनि हुन्छ भन्ने प्रतिक्रिया दिएका रहेछन् ।


यसै सम्बन्धमा पछी निर्देशक घिमिरे संग प्रश्न गर्दा आफ्नो चौथो प्रोजेक्टको लागि राजेशलाई प्रस्ताव गर्न आएको बताए । हाल निर्माणाधिन उनको तेस्रो चलचित्र तुलसीमा गेष्ट रोलका लागि समेत राजेशसंग कुरा भएको शंकरले बताएका छन् ।



कतारका रहेका नेपाली  ब्यापारी प्रकाश कोइरालाको निर्माणमा शंकरले निर्देशन गर्न लागेको सो चलचित्रको छायाकंन आगामी माघ महिना देखि सुरू गरिने छ । नाम भने तय भई नसकेको सो चलचित्रमा  राजेश हमाललाई पूर्ण रूपमा नेगेटिभ रोलमा खेलाउन लागिएको निर्देशक घिमिरेले बताए । 



बीग बजेटमा निर्माण हने भनिएको सो चलचित्रको केही भाग छायांकन कतारमा गर्ने तयारी समेत भईरहेको घिमिरेको भनाई छ ।