मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डिम्पल हिरोइन चाहियो

फिल्मीखबर, काठमाण्डौ, 2010/11/15

निर्माता केशव भट्टराई र निर्देशक शिव रेग्मीलाई एउटा डिम्पल हिरोइनको आवश्यक्ता परेको छ ।



फिल्मीखबर डटकम मार्फत उनीहरूले आग्रह गरेको हिरोइन गालामा हल्का डिम्पल भएकी, सामान्य अग्ली, क्यामेरामा सुहाउने बर्ण, प्लस टू वा सो सरह अध्ययनरत सोझी प्रकृतिकी र चलचित्रको कथालाई बुझ्न सक्ने हुनु पर्ने छ ।



आफ्नो छैठौ प्रोजक्ट एक महिनापछी सुरू गर्न लागेका निर्माता भट्टराईले सो चलचित्रको मुख्य भूमिकामा नयाँ अनुहारलाई प्राथामिकता दिने बताएका छन् । चलचित्रको नाम भने सार्वजनिक गर्न नचाहेका भट्टराईले एक बर्षअघि देखि एक जना युवकलाई आफ्नो हिरोको रूमपा समेत छनौट गरिसकेका छन् ।


टिन एज लभस्टोरी र देश भक्तिको भाव भएको उनको नयाँ प्रोजेक्टमा फिट हुन सक्ने जो कोहीले फिल्मीखबर डटकमको इमेल ठेगाना [email protected] मा केही प्रति फोटो सहित सम्पर्क नम्बर पठाउन निर्माता भट्टराईले आग्रह गरेका छन् ।