मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युनालाई आत्माले हिर्कायो

विजय आवाज, काठमाण्डौ, 2010/11/15

नेपाली समाजमा आत्मा भुतप्रेत भन्ने विषय अझै पनि हटिसकेको छैन । नेपालका धेरै भु-भागमा आज पनि यस्ता कुरामा विश्वास गर्ने गरिन्छ । कतिपय यसलाई अन्धविश्वास भन्ने गर्दछन् भने कतिपय यसलाई साचो मानेर अगाडि वढेको पाईन्छ । जसले जे भनेपनि यो कुरा आफु नमरी स्वर्ग देखिदैन भनेजस्तै हो ।

 

नायिका युना उप्रेतिले पनि यो कुरालाई विश्वास गर्दिनथिन् । तर आफ्नो जिवनमा स्वयं परेपछि अहिले युना यसलाई स्विकार्न वाध्य छिन् । उनलाई आत्माले तर्साएको मात्र होईन हिर्कायो पनि । आफ्ना चारपाँच जना साथीका साथमा काठमाण्डौको वज्रवाराही जंगलमा घुम्न निस्कीएकी नायिका युनालाई आत्मा बनि रुखको ठूलो हाँगाले हिर्काएको छ । आफ्ना दुई जना साथीको मृत्यु भैसकेकाले उनी त्यतिबेला  निकै डराएकी  थिइन ।


नत यो टोली जंगल वाहिर निस्कन सक्थ्यो नत जंगल भित्र वस्ने अवस्था नै थियो । यसकारण डराएर भौतारीरहेका टोलीलाई जंगलभित्र आत्माले तर्साईरहेको थियो । कसको आत्माले आफूहरुलाई यसरी पिछा गरीरहेको छ भन्ने पनि यिनीहरुलाई थाहा थिएन । डराउदै भौतारीरहेको यो टोलीलाई एक्कासी जंगलमा रहेको रुखको हाँगाले हान्न थाल्यो । उनिहरु यसरी डराएकी होसहवासनै  नै उड्यॊ ।

 

वरपर कोही थिएन तर रुखका ठूला ठूला हाँगाले हिर्काउन थालेपछि टिमको नेतृत्व गरीरहेकी युना निक्कै डराईन् । डराउदै भागेकी युनाको हातमा एउटा ठूलोहाँगा आएर वजारियो । चलचित्र चन्द्रावतीको छायांकन स्थलमा भईरहेको यो गतिविधी हेर्ने सबैले आत्मालाई वास्तविक महशुश गरीरहेका थिए ।


नायिका युना उप्रेतिलाई भने दाहिने हातमा रुखको हाँगाले नमझाले लाग्यो  । हातमा हाँगो वजारीएपछि युना केही समय मुर्छित वनिन् । हाँगाले लागेपछि उनको हात कोरीएको छ । उनको हातमा नमझाले चोट लागेपछि छायांकन केही समय सुटिन समेत रोकीयो । अहिले उनले हातमा पट्टि वाधेकी छिन् । 'एक्स रे पनि गरे त्यस्तो डराउनु पर्ने अवस्था भने छैन', उनले फिल्मीखवरलाई भनिन् ।



राजु गिरीको निर्देशनमा वनीरहेको यो चलचित्रमा युना चन्द्रावती नाम गरेकी एक अदृश्य युवतीको खोजीमा लाग्ने केटीको भूमिका रहेकी छिन् । यही क्रममा उनिहरु थुप्रै दुख कष्ट सहन वाध्य हुन्छन् । आत्माको काल्पनिक कथामा वास्तविकता जस्तै भएपछि युनाले भनिन्, 'मलाई आत्माले हिर्कायो ।'