
मनोबैज्ञानिक थ्रीलर कथामा आधारित चलचित्र 'एक दिन एक रात'को फष्टलुक सार्वजनिक गरिएको छ ।
सोमबार साँझ ललितपुर स्थित एक रेष्टुरेन्टमा आयोजना गरिएको पत्रकार भेटघाटमा सो चलचित्रका मुख्य कलाकार, पोष्टर, अडियो गीत र वेभसाइट www.ekdin-ekraat.com लाई सार्वजनिक गरिएको हो । यसरी पहिलो पटक चलचित्रको पूर्ण जानकारी प्रेसको अगाडी सार्वजनिक गर्ने कार्यलाई फष्टलुक भन्ने गरिन्छ ।
सिनेमा नेपाल इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा देव कुमार श्रेष्ठले निर्देशन गरेको उक्त चलचित्रमा अनुप बराल, महेश शाक्य (कर्म), विनय श्रेष्ठ, दिया मास्के, पुजा लामा, नयाँ अनुहारमा मेनुका प्रधान, प्रवेश गिरी, जस्पर न्यौपाने, अभिनेता बिएस राणा र अभिनेत्री गौरी मल्ल रहेका छन् ।
निर्मल रत्न शाक्यको लगानी रहेको उक्त चलचित्रका चारवटा गीतमा मनराज नकर्मी र फिरोज बज्राचार्यको संगीत रहेको छ । ती गीतलाई सुरेन्द्र रानाले लेखेका हुन । आगमी पुसको दोस्रो सातामा प्रदर्शनमा आउने भनिएको सो चलचित्रमा दिया मास्केले डान्स कम्पोज गरेकी छिन भने दीपक बज्रचार्यले छायाकंन गरेका हुन ।