मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धरानमा प्रशान्तको भव्य सम्मान

अर्पण ढकाल, धरान, 2010/11/15

तेस्रो इण्डियन आईडलको उपाधी हात पारेपछि एकाएक सांगीतिक क्षेत्रमा चर्चा कमाएका नेपाली मुलका प्रशान्त तामाङले नेपाली गीत गाएर धराने श्रोताहरुलाई मनोरन्जन दिएका छन् ।

 


नेपाली चलचित्र गोर्खा पल्टनमा अभिनय गरेका प्रशान्तलाई धरान स्थित गणेश टाकिजमा आउँदा पञ्चेबाजा र लाखे नाच सहित पुष्पगुच्छा र खदाले सम्मान गरिएको थियो । चलचित्र हलमा पुगेका प्रशान्तलाई नेपाल तामाङ घेदुङको धरान नगर समिति,सुनसरी जिल्ला समिति र  गणेश टाकिजको तर्फबाट प्रबन्ध निर्देशक भोलामान श्रेष्ठलेले खादा पहिर्‍याएर सम्मान गरेका थिए ।

 

हलमा आयोजीत सम्मान कार्यक्रममा चलचित्र गोर्खा पल्टनका निर्माता सुरज बंशललाई समेत खदाले सम्मान गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रशान्तले नेपालीहरुको सहयोगले नै आफु इण्डियन आइडल बन्न सफल भएको र नेपाली दर्शकले आफु अभिनित चलचित्र गोर्खा पल्टन अत्यधिक मन पराईदिएकोमा ज्यादै खुसी लागेको  बताए । दर्शक तथा स्रोतालाई सम्बोधन गर्दै उनले भने 'म तपाईहरुलाई  सँधै माया गरिरहने छु, तपाईहरु पनि मलाई माया गर्न नछाड्नुस् ।'

 


हलमा स्वागत सम्मानपछि प्रशान्त धरानको भानुचौकबाट पैदल हिडेर नयाँबजार, छाताचौक, सिंहदेवी चौक, पुरानोबजार, माछाभौडी, देशीलाईन हुदै धरान बजार परिक्रमा गरेका थिए । चर्को घाममा पनि बजारमा सवैलाई नमस्कार गर्दै पैदल हिडेका प्रशान्तलाई हेर्ने, अटो लिने र फोटो खिच्नेको भीड लागेको थियो । प्रशान्तसँगै र्‍यालीमा कलाकारहरु प्रेम सुब्बा, किशोर सम्बाहाङ्फे लगायत सहभागी थिए ।

 


यसैगरी उद्योग वाणिज्य संघ सुनसरीले पनि प्रसान्तलाई सम्मान गरेको छ । सोही अवसरमा प्रशान्त तामाङले गायन क्षेत्रमा सानैदेखि रुचि रहेकोले त्यसलाई निरन्तता दिने बताएका छन् । उनले आफूले गरेको प्रयासले नै अहिले इन्डियल आइडल बन्न सफल भएको बताउँदै धरानेहरुले दिएको मायाप्रति अभार प्रकट गरे ।

 


गायक कि नायक बन्ने भन्ने सञ्चारकर्मीहरुको उत्तरमा उनले दुवैलाई निरन्तरता दिए पनि गायन क्षेत्रमा आफूलाई सानैदेखि रुचि रहेकोले यसलाई प्राथमिकता दिने बताए । उनले इन्डियन आइडल बन्नुमा सम्पूर्ण धराने बासीको पनि ठूलो हात रहेको भन्दै इन्डियल आइडल नभएको भए आज यहाँसम्म नआइपुग्ने बताए ।

 


सो अवसरमा उनले आफूले अभिनय गरेको गोर्खा पल्टन को गीत 'गाउँको माया जुनको माया…' र 'जाउला सरर गोर्खा पल्टन...' भन्ने गीत गाएर त्यहाँ उपस्थित सबैलाई नचाएका थिए । कार्यक्रममा गणेश टाँकिजका सञ्चालक भोलामान श्रेष्ठ, गोर्खा पल्टनका निर्माता सुरज वंशलले यस फिल्म अहिलेसम्मकै रेकर्ड तोडेको बताए ।