मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कृष्ण मल्लले टेलिभिजन खोल्दै

फिल्मीखबर, काठमाण्डौ, 2010/11/16

कुनै समयका निर्माता, निर्देशक तथा अभिनेता कृष्ण मल्लले टेलिभिजन खोल्ने तयारी गरेका छन् ।



अमेरिकामा रहेका केही नेपाली ब्यवसायीसंग मिलेर नियमित रूपमा टेलिचलचित्र प्रसारण गर्ने हिसावले टेलिभिजन खोल्ने तयारी भईरहेको उनले जानकारी दिएका छन् । अधिकृत पुजी पाँच करोड रहने सो टेलिभिजनमा मल्लको लगानी करिब पाँच प्रतिशत रहने छ । नेपालको पहिलो टेलिचलचित्र निर्माता समेत रहेका मल्लले दैनिक रूपमा धाराबाहिक हिसावले  नेपालमा कुनै पनि टेलिचलचित्र प्रसारण नभएको भन्दै आफ्नो च्यानलले दैनिक रूपमा  टेलिचलचित्र प्रसारण गर्ने बताएका छन् ।



हामी भारतीय च्यानलको टेलिफिल्मबाट किन प्रभावित छौ त ?  भन्दै उनी भन्दै थिए 'दैनिक टेलिफिल्म प्रसारण त्यहाँ हुने भएकाले हामीलाई त्यसको नशा लाग्छ र हेर्न बाध्य हुन्छौ, तर यहाँ एउटा टेलिफिल्म हेर्नलाई  एक साता कुर्नु पर्छ ।'  उनको भनाई अनुसार नेपालमा टेलिचलचित्र हेर्नेबानी आफ्नो च्यानलले बसाल्ने भन्दै २०६८ को पहिलो वा दोस्रो महिना भित्र दर्शक माझ च्यानल पुगि सक्ने छ ।



करिब दुई दर्जन शेयर होल्डर रहने उक्त च्यानलको स्थापनाको लागि ४ करोड रकम संकलन भईसकेको मल्लले बताए । हाल सो च्यानलको स्टेशन लोकेशन र नाम जुराउने कार्य भईरहेको छ ।