मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नायिकाहरुको पहिलो सन्तान छोरी

विजय आवाज, काठमाण्डौ, 2010/11/16

भनिन्छ नारी आमा, धर्ति, जननी हुन् । अझ यसो भनौं नारीको धेरै परिचय छन् । नारीका यही बिभिन्न रुपका कारणले पनि उनिहरुले संसारमा आफ्नो छुट्टै पहिचान वनाउन सफल भएका छन् । चलचित्र उद्योगमा पनि नारीहरुको स्थान प्रशंसनीय छ भन्दा फरक पर्दैन । नायिका, अभिनेत्री, चरित्र अभिनेत्री, खलनायीका, कोरस डान्सर आदि ईत्यादी । नारीका यि बिभिन्न कामहरु चलचित्र उद्योगमा देख्न सकिन्छ ।

 
चलचित्र उद्योगमा काम गर्ने अधिकांश नायिकाहरु अविवाहीत छन् । तर विवाहीता नायिकाहरुको संख्या पनि कम छैन । नायिका करीश्मा मानन्धर, झरना थापा, मेलिना मानन्धर, जल शाह, सुस्मिता के।सी।, जेनी कुँवर, मौसमी मल्ल यसका उदाहरण हुन् । हुनत अधिकांश नायक नायिका आफूलाई विवाहीत भन्न रुचाउदैनन् । यसो गर्नुको पछाडि उनीहरुको आ आफ्नै तर्क छ । यि विवाहीता नायिकाहरुको विचमा धेरै फरक रहेको छ । तर धेरैले याद नगरेको विषय हुनसक्छ यि नायिकाहरुमा एउटा कुरा भने समानता रहेको छ ।

 

नेपाली चलचित्रमा विवाहीता नायिकाहरु मध्ये अधिकांश नायिकाहरुले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएका छन् । नायिका करिश्मा मानन्धरले चलचित्र उद्योगका एक हस्ति विनोद मानन्धरसँग विवाह गरीन् । उनिहरुको एकमात्र सन्तान रहेकी छिन् । करिश्माको छोरीको नाम कविता हो ।


यस्तै चलचित्र उद्योगमा प्रवेश गर्ने वित्तिकै निर्माता सुनिल कुमार थापासँग विवाह वन्धनमा वाधिएकी नायिका झरना थापाको पनि पहिलो सन्तान छोरी नै हुन् । केही वर्षअघि चलचित्र उद्योगमै उदाउदै गरेका नायक मुकेश ढकालसँग नायिका मेलिना मानन्धरले विवाह गरीन् । उनले पनि केही दिन अगाडि छोरीलाई जन्म दिएकी छिन् ।


यस्तै चलचित्र उद्योगमा केही वर्षअघि एकछात्र राज गरेकी नायिका जल शाहले पनि केही वर्षअघि विवाह गरेर अमेरीका पलायन भईन् । उनले पनि आफ्नो पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् । नायक भुवन केसीले केही दिन अघि नायिका सुस्मिता केसीसँग पारपाचुके गरे । सुस्मिताले पनि आफ्नो पहिलो सन्तानको रुपमा छोरीलाई नै जन्म दिएकी थिइन् । चलचित्र क्षेत्रमा नायिका एवं निर्मात्रीको रुपमा परिचय वनाएकी छिन् जेनी कुवरले । जेनीको एक मात्र सन्तान रहेकी छिन् । वि।सं २०५९ सालमा उनले छोरी एलिन कुवरलाई जन्म दिएकी थिईन् । 

 

चलचित्र उद्योगवाट हराएकी नायिका पुजा चन्दले पनि आफ्नो पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन् । उता नेपाली सिनेमा क्षेत्रकी पहिलो नायिका भुवन चन्दको पनि पहिलो सन्तान छोरी नै रहेकी छिन् । नेपाली चलचित्रमा एक समय राज गरेकी नायिका माला सिन्ह्वाको पहिलो सन्तान छोरी हुन् । यता निर्देशक रमेश वुढाथोकी र नायिका विना वुढाथोकीको पहिलो सन्तान छोरी रहेकी छिन् ।

 
यसरी हेर्दा नेपाली चलचित्र उद्योगमा विवाहीता नायिकाहरुले पहिलो सन्तान छोरीलाई जन्म दिएको देखिन्छ । यिनीहरुको अलवा चरित्र अभिनेत्री सुशिला रायमाझीको पहिलो सन्तान छोरी हुन् । उनको छोरी प्रसिद्धा रायमाझीले केही चलचित्रमा अभिनय पनि गरेकी छिन् । यस्तै निर्देशक शम्भु प्रधान र चलचित्र लेखक नुतन प्रधानको पहिलो सन्तान छोरी रहेकी छिन् । उनीहरुको छोरी ईश्वरी प्रधान हाल चलचित्र निर्देशनको अध्ययनमा व्यस्त रहेकी छिन् ।

 

निर्देशक तुलसी घिमीरे र कलाकार भारती घिमीरेको पहिलो सन्तान छोरी हुन् । उनीहरुको छोरी भावना घिमीरे निर्देशक वन्ने तयारीमा रहेकी छिन् । निर्देशक तथा नायक आकाश अधिकारी निर्देशक शिव रेग्मी नायक शिव श्रेष्ठको पनि पहिलो सन्तान छोरी नै रहेका छन् । यता बिबाह गरेर बच्चा जन्माउन बाँकी रहेकी नायिका ऋचा घिमिरेलाई पनि छोरी नै चाहिएको छ भने नायिका रेखा थापा र अरूणिमा लम्साललाई पनि छोरीकै आवश्यकता महसुस भएको हुनुपर्छ ।
 

 यसरी चलचित्र उद्योगका अधिकांश नायिकाहरुको पहिलो सन्तान छोरी नै हुनुलाई संयोग पनि हुनसक्छ भने अर्कोतिर यो एक अनुसन्धानको विषय पनि वन्न सक्दछ ।