मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीन नायिकाले भुटानीलाई भेट्दै

फिल्मीखबर, काठमाण्डौ, 2010/11/16

अति सिकिस्त अवस्थामा रहेका द्धन्द्ध तथा कला निर्देशक गोपाल भुटानीलाई तीन नायिकाले भेट्ने भएका छन् ।



नायिका त्रय ऋचा घिमिरे, रेजिना उप्रेती र नन्दिता केसी बुधबार बिहान करिब १० देखि ११ बजेको बीचको समयमा भुटानी निवास स्वयम्भु पुगी स्वास्थ्य अवस्था बुझ्ने कार्यक्रम रहेको छ । फिल्मीखबरलाई दिएको जानकारी अनुसार तीन नायिकाको साथमा निर्देशक शंकर घिमिरे पनि त्यहाँ उपस्थित हुदै छन्



चार दिन यता सलाईन पानीको भरमा अन्तिम स्वास फेरिरहेका ७८ बर्षे अल्सर रोगी भुटानीको अवस्था निकै नाजुक भएपछी नायिका त्रयले भुटानीलाई भेट्ने निर्णय गरेका हुन् । पछिल्लो समयमा रोगले च्याप्दै गएपछि भुटानीलाई थुप्रै कलाकारले भेटिसकेका छन् र बाँकी कलाकारहरू पनि बिस्तारै भेट्ने क्रममा छन् ।