
करिब ६ बर्षयता अमेरिकामा बस्दै आएकी अभिनेत्री पुजा चन्द नेपाल आउने भएकी छिन् ।
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार पुजा २२ नोभेम्बरका दिन भर्जिन एटलान्टिकको एयरबस A340-300 बाट लण्डन र त्यसपछी बहराईन हुदै मंसिर ८ गते साँझ नेपाल ओर्लने छिन् ।
थुप्रै चलचित्रमा अभिनय गरिसकेकी कुनै समयकी चर्चित नायिका चन्द एक महिने विदा लिएर नेपाल आउन लागेको बताईएको छ । पछिल्लो चरणमा पुरानो पुस्ताका कलाकारहरू अमेरिकमै पलायन भईरहेका अवस्थामा अभिनेता सरोज खनाल काठमाण्डौ आएको एक साता लगत्तै उनी पनि नेपाल फर्किन लागेकी हुन ।
एक महिनाको लागि भनिएपनि आधा दशकपछी स्वदेश फर्किन लागेकी अभिनेत्री चन्दको बसाई पूर्ण रूपमा नेपालमै हुने वा नहुने भन्ने बारेमा केही खुलाईएको छैन।