मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुटानीलाई भेट्दै कलाकार

फिल्मीखबर, काठमाण्डौ, 2010/11/17

अति सिकिस्त अवस्थामा रहेका द्धन्द्ध तथा कला निर्देशक गोपाल भुटानीलाई बुधबार केही कलाकारहरुले अर्थिक सहयोग गर्नुको साथै उनको स्वास्थ्य अवस्था बुझेका छन् ।
 


बुधबार बेलुकी बरिष्ठ हाँस्यकलाकार द्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उनलाई नगद रु १० हजार आर्थिक सहयोग गर्नुको साथै सरकारसंग नागरिकता प्राप्तिका लागि पहल गर्ने बाचा समेत दिएका छन्  । यस्तै बुधबार नै तीन नायिकाहरु ऋचा घिमिरे, रेजिना उप्रेती र नन्दिता केसी र निर्देशक शोभित बस्नेतले पनि भुटानीको स्वास्थ्य अवस्था बुझेका छन् ।
नागरिकता विहिन ७८ बर्षे भुटानीलाई सरकारले जसरी भएपनि नागरिकता दिनु पर्ने उनीहरुको भनाई छ ।

 

नन्दिता र ऋचा बुधबार बिहान भुटानीलाई भेट्न स्वयम्भु स्थित नमुना बस्ती पुगेका थिए भने रेजिना र शोभत बेलुकी पुगेका थिए ।

 

आफ्नो चलचित्र विरताको चिनोमा सँगै काम गरेकी नायिका ऋचाले भुटानीको अवस्था देखेर निकै आफू निकै दुखित भएको बताईन् । यता भुटानीलाई पहिलो पटक प्रत्यक्ष भेटेकी अर्की नायिका नन्दिताले पनि भुटानीको अवस्था देखेर आफू बिह्वल भएको बताइन् ।


यस्तै कलाकार देश भक्त खनाल र उत्तम केसीले पनि बुधबार भुटानीको स्वास्थ्य  अवस्था बुझेका छन् । कलाकार खनालले भुटानीलाई नगद रू एक हजार सहयोग रकम प्रदान गरेको भुटानीको २४ घण्टे सेवामा खटिरहेका कला निर्देशक हरि पौड्यालले जानकारी दिए ।



यस्तै केही दिन पहिले महानायक राजेश हमाल, प्रशान्त तामाङ र चलचित्र संसार आफ्नैको टीमले पनि  भुटानीको स्वास्थ्य अवस्था बुझेको थियो । त्यो समय महानायक हमालले पाँच हजार भुटानीलाई सहयोग गरेका थिए भने संसार आफ्नैको टिमले १० हजार सहयोग गरेको थियो ।