मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'डिभोर्स हल्ला मात्र' : मनीषा कोईराला

बिजय आवाज, काठमाण्डौ, 2010/11/17

एउटा विवाद र कसैको वारेमा हल्ला नआएको दिन सायद चलचित्र उद्योगका लागी खल्लो हुन्छ होला । कुनै न कुनै कलाकारको स्क्यान्डलका खवर, विवाद अनि कसैसग कसैको सम्वन्ध चलचित्र उद्योगका मसलाहरु हुन्  । आज बुधबार यस्तै एउटा खवरले सिङ्गो चलचित्र उद्योगलाई ततायो ।



आजभन्दा करिव पाँच  महिना अघि काठमाण्डौको गोकर्ण रिसोर्टमा धुमधामका साथमा विवाह गरेका नायिका मनीषा कोईराला र सम्राट दाहालविच पारापाचुके (डिभोर्स) को खवरले चलचित्र वजारलाई ततायो । कत्तिले अव मनीषाले के गर्छिन् भन्ने कुराहरु पनि गरे भने कत्तिले मनीषा  र सम्राटविच पारापाचुके हुनुको कारण खोज्नमा व्यस्त भए ।



पाँच  महिना अघि विवाह गरेका सम्राट र मनीषाले पारापाचुके गरे होलान् भन्ने कुरालाई कत्तिले वजारमा आएको हल्ला मात्र हो भन्ने अविव्यक्ति दिए । जेहोस्, यो पारापाचुकेको खवर आज विहानैदेखि द्रुत रुपमा फैलियो । नेपाली चलचित्र उद्योगदेखि वलीउड नगरीसम्म कुनै समय एकछत्र राज गरेकी मनिषाको वैवाहीक सम्वन्धका वारेमा यस्ता अपुष्ट समाचार वाहिर आईरहेको समयमा फिल्मीखवरले एक कार्यक्रममा भेटिएकी मनीषालाई यो वारेमा जिज्ञासा राखेको थियो ।



तपाई र सम्राटविच डिभोर्स  भएको खवर आएको छ नि भन्ने प्रश्न भुईमा र्झन नपाउदै मनीषाले यसलाई वाईयात हल्लाको संज्ञा दिईन् । उनले भनिन्, 'यो सवै हल्लामात्र हो, सम्राट र मेरो सम्वन्धमा कुनै पनि दरार आएको छैन । हामी एकअर्कालाई खुवै माया गर्र्छौ,।'  मनीषाले यस्ता हल्ला वजारमा आउदा आफूलाई अचम्म लागेको समेत वताईन् ।



नायिका मनीषा  कोईराला र सम्राटवीच पारापाचुकेको खवर वजारमा एक्कासी फैलिनुलाई अर्थपूर्ण तरीकावाट हेर्न सकिन्छ । तर यो समाचार हल्ला मात्र हो भने चलचित्र उद्योग स्क्यान्डलको क्षेत्र हो भन्ने कुरा फेरी पनि पुष्टि भएको छ ।