मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेलिना र मुकेशलाई श्रीकृष्णको बधाई

फिल्मीखबर, काठमाण्डौ, 2010/11/17

गएको आईतबार पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी नायिका मेलिना मानन्धर तथा उनका पति  एवं नायक मुकेश ढकाललाई  अभिनेता श्रीकृष्ण श्रेष्ठले बधाई दिएका छन् ।


बुधबार अपरान्ह चाबहिल स्थित ओम नर्सिङ अस्पतालबाट डिस्चार्ज हुने समयमा बधाई दिन पुगेका अभिनेता श्रेष्ठले चार दिनकी मेलिना पुत्रीलाई  केही नगद रूपैया दिएर मुख समेत हेरेका  थिए । श्रीकृष्णले लामो हाँसो दिदै भन्दै थिए 'लौ बधाई छ ।'

 

एकातर्फ मेलिना बहिनी र अर्को तर्फ मुकेश भाई पर्ने भएको भन्दै नायक श्रेष्ठले नव जात शिशुलाई भान्जी भन्ने कि भतिजि भन्ने बारेमा आफू  कन्फ्यूज भएको बताए । श्रीकृष्णले मेलिनासंग धेरै बर्ष अगाडीको सुपरहिट चलचित्र जाली रूमालमा पहिलो पटकसंगै काम गरेका थिए  भने मुकेशसंग एक महिना अघि छायाकंन सकिएको ऋषि लामिछाने निर्देशित चलचित्र  श्रीमान श्रीमतीमा काम गरिसकेका छन् ।


मेलिना आमा भएको खबर नेपाली मिडियामा सर्वप्रथम फिल्मीखबरले सार्वजनिक गरेपछी आफुहरूलाई थुप्रै बधाई सन्देशहरू आएको मुकेश र मेलिनाले बताएका छन् ।

 

छोरी पाएको खबर थाहा पाए पछि पहिलो बधाई भने निर्देशक सुरेशदर्पण पोखरेलले दिएको मुकेशले बताए । यस्तै  मेलिनालाई भेट्न अस्पतालमै  निर्देशक आलोक नेम्वाङ्ग, नायक मुकेश आचार्य, नव नायिकाद्धय ऋचा सिहँ ठकुरी र सुमिना घिमिरे पनि पुगेका थिए ।