मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोविन्दको गुनासो

फिल्मीखबर, काठमाण्डौ, 2010/11/18

प्रशान्त तामाङ अभिनित चलचित्र गोर्खा पल्टनले जसरी सफल रूपमा व्यापार गरिरहेको छ, त्यसको पछाडी थुप्रै मेहनती हातहरू हुन्छन भन्ने कुरामा कुनै दुई मत छैन ।


यस्तै दुई मत नहुने कुरा गर्दा पर्दा पछाडीबाट कलाकारलाई गीतको भाव अनुसार हजारौ टेक खुवाउदै फाईनल गरेर दर्शकको मन फुरूङ्ग बनाउने एक जना नृत्य निर्देशक गोविन्द राईले आफू छायाँमा परेको गुनासो गरेका छन् । एक दशकको चलचित्र करिअरमा करिब ७० चलचित्रमा स्टार कलाकारहरूलाई नचाएका निर्देशक राईले गीत हिट हुदाँ कलाकारहरूको स्तर चाहिँ बढ्ने तर आफुहरूको भने जहिँको त्यही भन्दै नेपाली निर्माताहरूलाई बुझ्न नसकेको बताएका छन् ।



'अहिले निकै ब्यापार गर्न सफल भनिएको चलचित्र गार्खा पल्टनमा जसरी गीतहरू चर्चामा छन् त्यसैगरी आफ्नो चर्चा भने कतै नभएको 'उनले बताए । प्रशान्त तामाङ लगायत अन्य कलाकारलाई ४ वटा गीतमा नचाएका राईले गीत हिट हुदाँ पनि आफ्नो नामले चर्चा कमाउन नसेको ठूलो गुनासो ब्यक्त गरे ।



फिल्मीखबरसंग गुनासो पोख्दै उनी भन्दै थिए 'दिनानु दिन नायक नायिकाको रेट बढ्छ तर हाम्रो कहिल्यै बढ्दैन।' उनले थपे, 'उनीहरूको एग्रीमेन्ट हुदाँ राम्रो ठाँउमा हुन्छ हामीलाई त्यसरी एग्रीमेन्ट गरिदैन ।' १२ बर्ष अघि चिरञ्जवी बस्नेतको फिल्म 'चलचित्र' मा पहिलो पटक १ हजार १ लिएर काम सुरू गरेका गोविन्द यो समय एउटा गीतमा नृत्य निर्देशन गरेवापत १५ हजार लिने गर्दछन् । तर यति थोरै पैसाले कुनै पनि स्टयार्ण्र्डड बनाउन नसकिएको उनको ठूलो गुनासो छ । उनले भने 'यति बेला त म कार चढेर हिड्नु पथ्र्यो तर पैदल हिडिराख्नु परेको छ ।'



गोविन्द मात्र हैन चलचित्रमा काम गर्ने नायक नायिका बाहेक अन्य थुप्रै ती हातहरूले थोरै पारिश्रमिकमा धेरै काम गरिराख्नु परेको छ । चलचित्र उद्योग आज माथि नबढ्नुको विविध कारण मध्ये मिहिनेत र पेशा अनुसारको थोरै पारश्रमिक हो भन्दा फरक नपर्ला । त्यसैले चलचित्र उद्योगलाई माथि लैजान यो क्षेत्रमा काम गर्ने नृत्य निर्देशक, मेकअप म्यान, लाइट म्यान, हेयरड्रेसर, कोरस लगायतका अन्य ब्यक्तिको पारिश्रमिक उचित रूपले बढाउने र उनीहरूको काम अनुसारको आवश्यक पब्लिसिटी गर्न निर्माता निर्देशक नडराउने हो कि ?