मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक राणाको निधन

फिल्मीखबर, काठमाण्डौ, 2010/11/18

चलचित्र 'चम्पा चमेली' का निर्देशक राजुध्वज राणाको निधन भएको छ । बुधबार बेलुकी ९ बजे आफ्नै निवास कपनमा हृदयघातको कारणले उनको निधन भएको हो ।

 

मृतक राणाको शबलाई दाहसंस्कारका लागी बिहानै पशुपति आर्यघाट लगिएको थियो । चलचित्र निर्देशक समाजका अध्यक्ष केपि पाठक, चलचित्र प्राबिधिक संघका महासचिब मनोज केसी लगायत केहि चलचित्रकर्मी र उनका आफन्तहरूका  बीच उनको दाहसंस्कार गरियो ।
 

 

केहि दिन अगाडी मात्र छायाँकन सकिएको चलचित्र 'चम्पा चमेली'  को प्राबिधिक कार्य भने बाँकी नै छ । निर्देशक राणाले निर्देशन गरेको सो चलचित्रमा राजेश हमाल, रेजिना उप्रेती, सोभिता सिंखडालगायतका कलाकारहरूले अभिनय गरेका थिए ।

 

२०५० सालमा प्रेमपूजा चलचित्र निर्देशन गरेर आफ्नो सिने यात्रा सुरू गरेका निर्देशक राणाले चेली, पाकेटमार, पिरती आँफै हुँदो रैछ, सिंदुरपोते जस्ता नेपाली चलचित्र  निर्देशन गरिसकेका छन् । साथै उनले थारू भाषाका चलचित्र जीवन एक लदिया र बहछार, माझिमाया, आकाश गंगा पनि निर्देशन गरेका छन् । पछिल्लो समयमा उनले आफ्नै लगानी र निर्देशनमा 'द पावर' नामक चलचित्र निर्माण गरेका थिए तर यो चलचित्र भने पूर्ण हुन पाएन । चलचित्रको केही भाग छायाँकन गर्न बाँकी रहेको स्रोतले बताएको छ ।

 

४९ बर्षिय राणाका एक छोरा, एक छोरी र श्रीमती छन् । उनकी श्रीमती पनि बिरामी अवस्थमा एक अस्पतालमा उपचारार्थ छिन् । निर्देशक राणाका तीन चेला दयाराम दाहाल, राजेन्द्र उप्रेती र मदन घिमिरे निर्देशकको रूपमा नेपाली चलचित्र क्षेत्रमा सक्रिय छन् ।

 

बिगत रामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका निर्देशक राणाको निधनले आज सिंगो चलचित्र क्षेत्रलाई दुखित तुल्याएको छ । यस दुखद घडीमा मृतक राणाको शोक सन्तप्त परिवारप्रति हार्दिक श्रद्धान्जली व्यक्त गदै मृत आत्माको चिर शान्तिको कामना गर्दछौ ।

फिल्मीखबर डटकम परिवार