मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'जान नहुने समयमा अमेरिका गएँ' : सरोज खनाल

बिजय आवाज, काठमाण्डौ, 2010/11/18

मैले गित छोडि आए फूलको तरेलीमा ...........।


नेपाली दर्शकको दिमागमा यो गित आज पनि उत्तिकै चर्चित छ । यो गितमा अभिनय गर्ने कलाकारलाई नेपाली दर्शकले आज पनि आफ्नो मानसपटलमा राखेका छन् । नायक सरोज खनालले सारङ्गी चलचित्रका लागी यो गितमा अभिनय गरेका थिए ।



उनै नायक चौध वर्षअघि नेपाली चलचत्रिलाई चटक्क माया मारेर अमेरिका तर्फ लम्किए । अझ यसो भनौं उनी अमेरिका पलायन भए । सरोज खनाल अमेरिका पलायनसँगै उनलाई नेपाली चलचित्रलाई माया मारेर गयो भन्ने आरोप लाग्यो । नेपाली दर्शकका नजरमा निक्कै प्रिय रहेका यि नायकले यो उद्योगलाई छोडेर जाँदा नेपाली चलचित्रमा उनको अभाव राम्रैसँग खडि्कएको थियो । जतिवेला नेपाली चलचित्र उद्योगलाई उनको आवश्यकता थियो, उक्त समयमा उनले नेपाली चलचित्रलाई बिर्सिएर अमेरिका पलायन हुनु आफैमा दुर्भाग्य हो ।



खनाल अहिले नेपालमा छन् । उनलाई अझै पनि नेपाली दर्शक चलचित्रको पर्दामा हेर्न आतुर छन् । उनै नायक खनालले आफूले नेपाली चलचित्र उद्योगको साथ छोड्न नहुने समयमा छोडेको स्विकार गरेका छन् । 'मेरो जतिवेला चलचित्र उद्योगमा आवश्यकता थियो, सो समयमा मैले यस उद्योगलाई छोडेर गएँ, तर मेरो परिवारको लागी मैले यसो गरेको थिएँ'  बिहिबार फिल्मीखबरसग कुराकानी गर्दै सरोजले पश्चतापको शैलीमा भने ।



केही समय अघि खनाल नेपाल आउँदा उनि राजनितिमा लाग्ने भन्ने खवरहरु पनि बाहिर आएका थिए । तर यो विषयलाई उनले अस्विकार गरेका छन् । 'राजनितिमा लाग्नको लागी पहिला देशलाई राम्रोसँग वुझ्नु पर्दछ, जुन कुरामा म पछि छु । यसैले यो क्षेत्रमा लाग्ने सोच अहिले नै वनाएको छैन,'  उनले भने । सरोज खनाललाई निर्देशक वन्ने आँट अझै आएको रहेनछ । 'ममा निर्देशक वन्ने क्षमता छैन, यसैले म अहिले नै यो काम गर्दिन'  आफ्नो कमजोरी देखाउदै सरोजले वताए । कुराकानीको दौरानमा सरोजले आफ्नो चलचित्र वनाउने ड्रिम प्रोजेक्ट समेत सुनाउन भ्याए ।



विश्वेश्वरप्रसाद कोईरालाको 'तिनघुम्ति' नामक कथामा आधारित रहेर चलचित्र वनाउने उनको योजना पुरानो रहेछ । यो चलचित्रको पात्रका लागी उनले बद्री अधिकारी र गौरी मल्ललाई देख्थे रे । 'तर अव उहाँहरु मैले वनाउने चलचित्रको लागी फिट हुनुहुन्न, यसैले नयाँ कलाकारलाई लिएर म मेरो सपना पुरा अवश्य गर्नेछु' उनले भने ।  यि नायकले नयाँ सिनेमामा अभिनय गर्दैछन् भन्ने खवरले धेरै उनका फ्यानहरुलाई हषिर्त तुल्याउन सक्छ ।



यही मंसिर ९ गतेवाट छायांकन प्रारम्भ हुन लागेको चलचित्र 'मानव' मा सरोजले अभिनय गर्ने भएका छन् । यो चलचत्रिमा अभिनय गरेर खनाल अमेरिका पुन: र्फकदैछन, तर सधैका लागी होईन मात्र १४ महिनाको लागि। केही समय अमेरिका गएर उनि सधैका लागी नेपाल र्फकने सोचाईमा रहेका छन् । नेपाल फर्किर नेपाली चलचित्रको विकासमा लाग्ने उनको भावी योजना छ । नेपाली चलचित्र उद्योगका एक चर्चित हस्ति सरोज खनालले अमेरिका गएर के कमाए यो उनलाई मात्र थाहा होला । तर अमेरिकामा रहेर डलर कमाए पनि सरोजले नेपालमा रहँदा नेपाली दर्शक र चलचित्र उद्योगवाट राम्रो सम्मान र माया पाएका थिए ।


एउटा हुर्कदै गरेको वच्चालाई जति आमा वावुको माया र साहाराको खाँचो पर्दछ, चौध वर्षअघि चलचित्र उद्योगलाई उनको यस्तै आवश्यकता थियो । तर, उनले  नेपाली चलचित्रलाई टुहुरो वनाएर गएको कुरालाई नकार्न सकिदैन । सरोजले अहिले आफूले गल्ति गएको कुरालाई स्विकार गरेका छन् । यसैले सरोज खनाललाई नेपाली चलचित्रले दिएको ऋण अव उनले तिर्नु जरुरी छ । नेपाल र नेपालीले दिएको मायालाई उनले पुरा गर्छन् भन्ने आशा सवैको रहेको छ ।