मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'मनमनै मन पराएँ' को डबिङ्ग समाप्त

फिल्मीखबर, काठमाण्डौ, 2010/11/18

राजेन्द्र उप्रेती निर्देशित छैठौ चलचित्र 'मनमनै मन पराएँ' को स्वराकंन कार्य अर्थात डबिङ्ग सकिएको छ ।



दशै अघि बालाजुको ओम्निफोनिक स्टूडियोमा सुरू गरिएको सो चलचित्रको डबिङ्ग बिहिबार सकिएको निर्देशक उप्रेतीले जानकारी दिएका छन् । मातृभूमि नेपाल मुभिज प्रालिको ब्यानरमा रामेश्वर भट्टराई निर्माता रहेको उक्त चलचित्रको सुटिङ्ग गएको बर्ष फागुन तेस्रो साताबाट सुरू गरिएको थियो ।

 

चलचित्र नाइ नभन्नु ल डेब्यू नायिका ऋचा सिह ठकुरीले दोस्रो पटक अभिनय गरेको उक्त चलचित्रमा मुकेश ढकाल, राज तिम्लिसिना, जय किशन बस्नेत, सुनिल थापा मुख्य भूमिकामा छन् ।



कमेडी शैलीमा त्रिकोणात्मक प्रेम कथामा आधारित उक्त चलचित्रमा आफ्नो माया खोज्दै गरेकी आरजे युवती र एक युवकको कथालाई प्रस्तुत गरिएको छ । कार्यकारी निर्माता उत्तम केसी रहेको उक्त चलचित्रलाई फागुनको पहिलो साता प्रदर्शन गर्ने तयारी गरिएको निर्देशक उप्रेतीले जानकारी दिए ।

 

शिबम अधिकारीको कथा रहेको सो चलचित्रमा कृष्ण श्रेष्ठले क्यामेरा चलाएका छन भने प्रदिप श्रेष्ठको नृत्य, हिमाल केसीको द्धन्द्ध साथै बसन्त सापकोटा र महेश खड्काको संगीत रहेको छ ।