मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हमाललाई 'हात लाग्यो शून्य'

फिल्मीखबर, काठमाण्डौ, 2010/11/19

हुनत महानायक राजेश हमालले एउटा चलचित्र खेले वापत धेरै पैसा लिदैनन् । अझ भन्ने हो भने कसैले फिल्म खेल्न आग्रह गरिदिए आँखा चिम्लिएर उनी त्यो प्रोजेक्टलाई स्वीकार गरिहाल्छन् ।

सायद पैसा भन्दा  निरन्तरता दिनुपर्ने बाध्यात्मक कदम र आफू चलचित्र उद्योगको धरोहर भएको महसुस भएर होला जस्तो सुकै प्रोजेक्टलाई पनि सजिलै स्वीकार्छन् उनी  । तर यो पालि एक महत्वपूर्ण प्रोजेक्टलाई स्वीकारेका हमालको हातमा भने शून्य लागेको छ । अर्थात 'हात लाग्यो शून्य'।

'हात लाग्यो शून्य' राजेश हमालले खेल्ने आगामी नयाँ प्रोजेक्टको चलचित्र हो जसमा उनी पहिलो पटक फूल कमेडी र कञ्जुसको भूमिकामा देखिदैछन् । यति मात्र हैन उनी निकै फरक भेषमा समेत दर्शक माझ देखिने पक्का भएको छ । हमाललाई त्यो फरक भेषमा उतार्ने हिम्मत भने नवनिर्देशक बिजय विक्रम बस्नेतले गरेका हुन् । जसलाई प्रस्तुतकर्ता विश्व नेपालले सहयोग गर्नेछन् ।

फरक प्रकारको अभिनय गर्ने मौका पाएकोमा नायक हमाल पनि निकै खुशी छन् र निर्देशकले जस्तो भन्यो त्यस्तो गर्न उनी  तयार पनि भएका छन् । केही दिन भित्रै शुभ मुहुर्त हुन लागेको उक्त चलचित्रको शुभ साईतमा चलचित्रको कथा अनुसारको गेटअपमा आउने तयारी हमालले गरिरहेका छन् ।

श्री वि एण्ड वि इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा शुभ/कृष्मा पराजुली र भगवती नेपाल निर्माता रहेको उक्त चलचित्रको छायाकंन आगामी माघ महिना देखि सुरू हुने निर्देशक बस्नेतले जानकारी दिए । यस्तै निर्देशक बस्नेतका अनुसार फुल कमेडी बेस यस चलचित्रमा नेपालमा अहिले सम्म प्रयोग नगरिएको बेली डान्स समेत समावेश गरिने छ ।

विकास चौधरीको संगीत, राम/जनकको द्धन्द्ध, लोकचन्द्र थापाले क्यामेरा चलाउने उक्त चलचित्रमा राजेशका अलवा नायिका झरना थापा, किरण केसी, शुशिल पोखरेल, गोपाल ढकाल छन्दे लगायतले अभिनय गर्ने छन् ।