मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजधानीमा 'फैसला'

फिल्मीखबर, काठमाण्डौ, 2010/11/19

मदन घिमिरे निर्देशित चलचित्र 'फैसला' शुक्रबारबाट राजधानीका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । शिव गिरी फिल्मस्को ब्यानरमा निर्माण गरिएको प्रेमकथामा आधारित चलचित्र 'फैसला'  विश्वज्योति, गंगा, कलंकी, गुण, बाराही, पृथ्वी, नवदुर्गा लगायतका हलमा प्रदर्शन भएको छ ।

 

प्रेममा न्यायिक फैसला हुनुपर्छ भन्ने मूल भाव बोकेको सो चलचित्रमा राजेश हमाल, विराज भट्ट, रेखा थापा, ऋचा घिमिरे, सुशील पोखरेल, राज तिमल्सिना लगायतको अभिनय रहेको छ । महेश खड्काको संगीत, हिमाल केसीको द्वन्द्व, दीपक वान्तवाको छायांकन रहेको सो चलचित्रलाई शिब गिरीले निर्माण गरेका हुन् ।
 


करिब तीन बर्ष अगाडी उपत्यका बाहिरबाट प्रदर्शनमा आएको सो चलचित्रलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको थियो । 'हिमाललाई हिउँ  ...' बोलको गीतमा ऋचा घिमिरेको उत्तेजक  नृत्यको कारणले नै यो चलचित्रलाई एडल्ट सर्टिफिकेट दिईएको सेन्सर बोर्डले जनाएको छ । हुनत चलचित्रमा रेखा थापाको उत्तेजक हाउभाउ पनि हेर्न सकिने जानकारी निर्माण पक्षले दिएको छ ।