मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फूलको इन्डक्ल्याप

फिल्मीखबर, काठमाण्डौ, 2010/11/19

गएको भदौ २९ गते देखि चितवनबाट सुटिङ्ग सुरू गरिएको चलचित्र 'फूल' को शुक्रबार इन्डक्ल्याप गरिएको छ । शिव रेग्मी निर्देशित १८ औ चलचित्र फूलको केही सट ललितपुर स्थित भैंसेपाटी टाउन प्लानिङ्ग र जोरपाटीको चापागाई स्टूडियोमा लिई समापन गरिएको हो ।

 

नारीलाई फूलसंग तुलना गरि निर्माण गरिएको यो चलचित्र लभस्टोरीसँगै कमेडी तथा नारी संवेदना आधारित छ । चलचित्रमा राजबल्लभ कोईराला, निरज बराल, गरिमा पन्त, निर शाह, युवराज लामा, किरण केसी, राजाराम पौडेल, उत्तम केसी लगायतका कलाकारहरूले अभिनय गरेका छन् भने नायिका निरूता सिंह बिशेष भुमिकामा प्रस्तुत भएकी छिन् ।

 

मित्रता सिने मुभिज प्रालिको ब्यानरमा संजीत कुमार 'बब्लु', चन्द्र श्रेष्ठ, यमनाथ दनै, क्रन्दन मास्के र सुनिल श्रेष्ठले निर्माण गरेको सो चलचित्रको कथा बिकास आचार्य र निर्देशक रेग्मीले लेखेका हुन् । चलचित्रमा शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्वन्द रहेको छ भने रेखा पौडेलले यसै चलचित्रबाट संगीतकारको रूपमा डेब्यू गरेकी छिन् । अधिकांश भाग चितवनमा छायाँकन गरिएको यस चलचित्रको केहि भाग काठमाण्डौ र इलाममा पनि छायाँकन गरिएको निर्देशक रेग्मीले जानकारी दिए ।