मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

घामको पखाईमा सुटिङ्ग

फिल्मीखबर, काठमाण्डौ, 2010/11/20

हुनत नेपाली चलचित्रको सुटिङ यूनिटलाई प्रत्येक दिन कुनै न कुनै समस्याले सताई नै रहेको हुन्छ । कहिले पानीको समस्या त कहिले घामको समस्याले यो क्षेत्र निकै प्रभावित हुने गरेको छ । बर्षाको समयमा पानीको कारण इन्डोर सुटिङमा ब्यस्त  हुने यूनिटहरू प्रत्येक बर्षको जाडो मौसममा घाम नपाउँदा पर्ने समस्यासंग  त बानी परे जस्तै  भईसक्यो ।

 

यस्तै घाम नपाउदा त्यो पुरानो  समस्याले हिजो शुक्रबार चलचित्र फूलको इन्डक्लयाप सुटिङमा सताएको छ । इन्डक्लयाप छायाकंन सकिन  फुर्सद लिने सोचाईमा रहेका नायकद्धय राजबल्लभ कोइराला र निरज बराल एक घण्टा सम्म घामले बादलसंग लुकामारी खेल्दा निकै हैरान भए । त्यो हैरानीको पन अझ धेरै निर्देशक शिव रेग्मी र छायाकार शम्भु सापकोटाको  अनुहारमा पनि देखिईरहेको थियो ।


घरी घाम आउन खोज्थ्यो तव यूनिट सुटिङ सुरू भन्दै तात्न खोज्थ्यो तर के गर्नु बादलसंग लुकामारी खेलेर रमाईरहेको त्यो घामलाई अरूको समस्या देखि के मतलब ?
१८औ चलचित्र निर्देशनको क्रममा रहेका निर्देशक रेग्मीलाई घामको त्यस्तो लुकामारीले नसताएको कहिलै छैन रे । 'यस्तो त भई हाल्छ नि'  उनले भने । अनि घाम आउदै नआए के छ त बैकल्पिक उपाय भन्दा रेग्मी भन्छन् 'अरू के हुनु पोष्टपोण्ड हुन्छ ।' 

 

सजिलैसँग दिएको उनको त्यो उत्तरमा केही क्रोध भने नदेखिएको हैन । अनुभवी निर्देशकले परिचित रेग्मी लगायतका अधिकाश नेपाली निर्देशकहरूले यस्ता समस्या निरन्तर भोग्दै आएका छन् र जस्ताको तस्तै उत्तर पनि दिदै आएका छन् ।

 

यसरी सुटिङ नै स्थगित गर्नुभन्दा पनि बैकल्पिक स्थानको खोजी गरेर काम शुचारू गर्न आवश्यक देखिन्छ । नत्र भने सवै तयारी गरेर सुटिङ नै स्थगित गरी र्फकनुले त्यो समयमा कलाकार लगायत सुटिङ यूनिटलाई परेको दोहोरो मिहिनेतलाई कसरी हेर्ने ? यति मात्र हैन एक दिन सुटिङ लम्बिदाको खर्चलाई पनि कसरी मुल्याकंन गर्ने ? तर्सथ घाम र पानीको समस्याले सुटिङ स्थगित भयो भन्दा पनि प्रविधिको अगाडी त्यो घाम र पानीको बिकल्प खोज्नु आवश्यक देखिन्छ ।