मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हात समातेरै बसे युना र राज

विजय आवाज, काठमाण्डौ, 2010/11/20

चलचित्र पर्खि बसेंवाट दुई कलाकारको चलचित्र यात्रा प्रारम्भ भयो । नायक राजवल्लभ कोईराला र नायिका युना उप्रेतिको जोडीले नेपाली रजतपटमा पाईला मात्र टेकेन, आमदर्शकको नजरमा राम्रैसँग छाप छोड्न सफल पनि भयो ।

 

पर्खि बसेंको सफलतासँगै राजवल्लभ र युनाको जोडी विस्तारै फुटको संघारमा पुग्यो । उनिहरु विच वोलचाल नै वन्द भयो । युना राजको नाम समेत सुन्न नसक्ने अवस्थामा पुगिन् भने राज युनासँग चलचित्र नखेल्ने मनस्थितीमा पुगे । तर पर्खि बसेंवाट यि दुईलाई डेब्यु गराएका निर्देशक दिपक श्रेष्ठले चलचित्र पहिलो पहिलो मायामा यो जोडिलाई पुन: अभिनय गराए । यो चलचित्रको छायांकन अवधिमा पनि यि दुई विच वोलचाल भएन ।

 

राज र युना विच पानी बाराबारको अवस्था देखेका आम चलचित्रकर्मी तथा पत्रकारहरुले विहीवार वेलुकी गोपीकृष्ण हलमा रमाईलो दृश्य देख्दा तिन छक परे । चलचित्र खुशिको प्रिमियर तथा गोपीकृष्ण टेलिभिजनको कार्यक्रममा राजवल्लभ र युना पनि पुगेका थिए । गोपीकृष्णको प्राङ्गणमा पस्ने गेटवाट विच्छाईएको रॆड कार्पेटवाट युना र राजले एकअर्काको हात समाए । उनिहरुले हात यसरी समाएकी उनिहरुको हात छुट्ने कुनै सुरसार नै थिएन ।

 

रेड कार्पेटवाट अघि वढेका यि दुई कलाकार चलचित्र खुशिको प्रिमियर गरीने हलसम्म पुग्दा पनि हात समाएर नै अघि वढे । यस पश्चात यि दुईलाई चलचित्र प्रितीको फुलका निर्देशक रेशराज आचार्यले कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री माधवकुमार नेपालसँग परिचय गराउन तर्फ लगे । प्रधानमन्त्रीसँग परिचय गर्न जाँदाको समयसम्म पनि यि दुईको हात छुटेन । प्रधानमन्त्रीसँग हात मिलाउदा मात्र यि दुईको हात छुट्यो ।

 

प्रधानमन्त्रीले दुवै जनालाई चिनेको छु भन्दा दुवै निक्कै खुशि भएका थिए । यसपश्चात राजवल्लभ र युनाले अभिनय गर्न लागेको चलचित्र प्रितीको फूलको अडियो विमोचन कार्यक्रम थियो । युना र राजको हात फेरी जोडियो । उनीहरु हात समातेरै स्टेजसम्म पुगे । प्रितीको फुलको विमोचनसम्म हात समातेर अघि वढेका यि दुईको क्रियाकलाप देखेका अधिकांश चलचित्रकर्मीहरु तिन छक परे ।

 

चलचित्र उद्योगमा युना र राजविच वोलचाल छैन भन्ने कुरा अधिकांशलाई थाहा छ । तर खुशि चलचित्रको प्रिमीयरमा यि दुईको चालामाला नियाल्दा यि दुईविच कहिले पनि रिस राग थिएन भन्ने अनुमान गर्न सकिन्थ्यो । रेड कार्पेटदेखि एल्वम विमोचनसम्म करिव तीस मिनेटको अवधि यि दुईले हात समातेका थिए । युना र राजले यसरी आधा घन्टासम्म एकअर्काको हात समाति रहँदा दुवैले आफूहरु निक्कै नजिक रहेको सन्देश दिन खोजीरहेको देखिन्थ्यो । तर यि दुईले यसरी हात समाति रहनुको पनि आफ्नै कारण रहेछ ।

 

चलचित्र प्रितीको फूलमा सँगै देखिन लागेका राज र युनालाई यस चलचित्रका निर्देशकले सुटुक्क भनेका रहेछन्, 'मेरो चलचित्रको कलाकारको सम्वन्ध राम्रो हुनुपर्छ । म कलाकार विच मनमुटाव भएको हेर्न चाहन्न। ' निर्देशकले यि दुईलाई मनमुटाव नगर्न भनेकाले पनि कलाकारद्धय यो कार्यक्रममा खुलेरै प्रस्तुत भएका थिए ।

 

निर्देशकको कारणले गर्दा भएपनि युना र राज विचको सम्वन्ध सुध्रिएकोमा दुवैलाई वधाई छ । तर राज र युना जि ! निर्देशकले सम्वन्धमात्र सुधार्नु भनेका थिए नि, आधा घण्टा हात नै समातेर हिड्नु भनेका त थिएनन् होला नि । कि कसो ?