मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वदलियो मन ऋचाको

फिल्मीखबर, काठमाण्डौ, 2010/11/20

चलचित्रमा टिक्नको लागी नायक नायिकाहरु धेरै किसीमका तरिकाहरु अपनाउछन् । कोही वारम्वार स्क्यान्डलमा आउछन् भने कोही चाहीने भन्दा वढी हल्ला गर्न मानै व्यस्त भएको पाईन्छ । नायिकाहरुको हकमा यो अझ वढि लागु भएको पाईन्छ ।

 

पछिल्लो सममया चलचित्र उद्योगमा टिक्न नायिकाहरुले अंगप्रर्दशनलाई विशेष महत्व दिएको पाईन्छ । कुनै समय चलचित्र उद्योगमा अंगप्रर्दशन नगर्ने नायिकाको रुपमा चिनिएकी नायिका निरूता सिंह पनि अहिले छोटो पहीरनमा देखिने सुरुमा छिन् । यि वाहेक अधिकांश नायीकाहरु हट सिन दिन र छोटा कपडा लगाउनमा निक्कै अगाडि रहेको देखिएको छ ।

 

चलचित्रको पर्दा भित्र मात्र होईन नायिकाहरु पर्दा बाहिर पनि छोटा पहिरनमा देखिनु कुनै नौलो कुरा होईन । यस विषयमा नायिका रेखा थापा र ऋचा घिमीरे अंग्रपक्तिमा देखिएका छन् । रेखा थापालाई सार्वजनिक कार्यक्रममा छोटो पहिरनमा देखिदा जिव्रो नटोक्दा पनि हुन्छ । रेखा भन्दा पनि नायिका ऋचा घिमीरे यो विषयमा उदार छिन् ।

 

निर्देशक शंकर घिमिरेसँग लगनगाँठो गाँस्नु अघि ऋचा सार्वजनिक कार्यक्रम होस् या यताउती घुम्दा छोटो पहिरनमा हिड्न नै रूचाउँथिन् । चलचित्रको पर्दामा ऋचाले लगाएको कपडाका विषयमा वारम्वार चर्चा पनि हुने गरेको छ । यिनै हट एवं सेक्सी नायिका विवाह पश्चात विस्तारै परिवर्तन भएको आभाष धेरैले गरेका थिए ।

 

नायिकाको भिडमा ऋचा त्यस्ती नायिका हुन् जसले कुनै समयमा पश्चिमा संकृतिलाई सवैभन्दा धेरै आत्मासात गरेकी थिईन् । तर अचम्म यो छ कि उनै हट नायिकाको मन अहिले वदलिएको छ । उनी यसरी वदलिन्छिन् भनेर कमैले मात्र अड्कल काटेका थिए । तर आज उनको कपडा लगाईमा परीवर्तन आएको छ । उनले अव सार्वजनिक कार्यक्रममा भड्किलो कपडा नलगाउने वाचा नै गरेकी छिन् ।

 

यतिमात्र होईन ऋचाले सार्वजनिक कार्यक्रममा जाँदा नेपाली पोशाक लगाउने उद्घोष नै गरेकी छिन् । उनले आफ्नो भनाईको सुरुवात अष्ट्रेलियामा आयोजित चलचित्र विरताको चिनोको प्रिमीयर कार्यक्रममा नेपाली पोशाक लगाएर गरेकी छिन् । उनले त्यहाँ नेपाली पोशाक ढाकाको गाउन लगाएकी थिईन् । यस्तै लण्डनमा आफ्नो चलचित्रको विशेष प्रर्दशनिमा उनले ढाकाको साडि लगाएकी थिइन् । ऋचाले आफ्नो विवाहमा पनि ढाकाको साडि लगाएर आफू पश्चिमा संकृतिवाट नेपाली संकृतितर्फ फर्कीएको झल्को दिन खोजेकी थिइन् ।

 

ऋचाले राजधानीमा केही दिन पछि आयोजना हुन लागेको घरेलु हिंसा विरुद्धको कार्यक्रममा पनि नेपाली पहीरन लगाउने उनको भनाई छ । सार्वजनिक कार्यक्रममा नेपाली पोशाक लगाएर नेपाली कपडाको प्रोमोशनमा लाग्ने क्रृचाको योजना छ । तर नायिका घिमीरेले चलचित्रको पर्दामा भने कथाले मागे अनुसारकै कपडा लगाउने वताएकी छिन् । यसरी पछिल्लो समयमा ऋचामा आएको वदलावलाई अर्थपूर्ण तरीकावाट हेर्न सकिन्छ ।

 

विवाह गरेपछि घरपरिवार र समाजको अगाडि देखाउनका लागी पनि थुप्रै महिलाहरुले आफ्नो वानी व्यवहार र पोशाकमा परिवर्तन गरेको पाईन्छ । नायिका ऋचा घिमीरेको विवाहपछि वदलिएको यो वानीले पनि कतै यही कुराको संकेत गर्न खोजेको त होईन? अव हेर्न बाँकि यति मात्र छ कि ऋचाको यो समानुपातिक लवाई कतिन्जेल सम्म टिक्ने हो ।

 

हुनत नेपाली चलचित्रकर्मीहरु दर्शकसामु चाँडो चिनीनको लागी पनि विभीन्न किसीमका उपायलाई आत्मसात गर्ने गर्दछन् । पछिल्लो समयमा हराएको आफ्नो क्रेजलाई वचाईराख्न पनि ऋचाले यो उपाय अपनाएको हुनसक्छ । तर यदि ऋचाले भने जस्तै नेपाली पोशाक लगाउने उनको योजना सधै कायम रह्यो भने उनलाई वधाई दिनैपर्छ । हेरौ उनी वधाईको पात्र हुन्छिन् या धेरै कलाकारको जस्तै दुई दिनको समाचार ।