मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बाटो मुनिको फूल' कल कान्तिपुरबाट लाईभ

फिल्मीखबर, काठमाण्डौ, 2010/11/21

प्रदर्शनको समय नजिकिंदै गर्दा चलचित्रका निर्माता राजेश घतानीले आफ्नो चलचित्र 'बाटो मुनिको फूल'  जयनेपाल सिनेमा घरमा प्रिमियर गरिने बताएका छन् ।

 
आउँदो शुक्रबारबाट देशभर एक साथ प्रदर्शन हुन लागेको सो चलचित्रको प्रिमियर भने बुधबार साँझ करिब ५ बजेबाट शुरू  हुनेछ । प्रिमियरको कान्तिपुर टेलिभिजनमा प्रशारणरत कल कान्तिपुरले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । प्रिमियरमा नेपालका अधिकांश नायक नायिका, गायक गायिका तथा चलचित्रकर्मीको साथमा सिनेपत्रकारहरूको बाक्लो उपस्थित हुने निर्माता घतानीको भनाई छ ।

 

खास गरी उच्च घरानियाँहरूले नेपाली चलचित्र राम्रो बन्दैन भन्ने प्रतिक्रिया दिईरहेको बेला नेपाली चलचित्र पनि राम्रो बन्छ है भनेर देखाउनको लागी प्रिमियरमा बिजनेश म्यान तथा केहि उच्च पदस्थ व्यक्तिहरूलाई पनि समावेश गरिन लागेको चलचित्रका निर्माताले जानकारी दिए । उनले भने, 'यो प्रिमियर नेपाली चलचित्र क्षेत्रमा ऐतिहासिक प्रिमियर हुनेछ ।'

 

सुरज सुब्बा 'नाल्बो' ले निर्देशन गरेको सो चलचित्रमा गायकद्वय यश कुमार र बाबु बोगटी, रेखा थापा, नन्दिता केसीलगायतले अभिनय गरेका छन् । चलचित्रमा यशकुमारको  संगीत छ । निर्माता राजेश घतानीको मेघाप्रोजेक्ट मानिएको सो चलचित्र पछिल्लो समयमा निकै आश गरिएको चलचित्र मध्येको एक हो ।