मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुस अन्तिममा न बिर्से तिमीलाई...

फिल्मीखबर, काठमाण्डौ, 2010/11/21

योगेश घिमिरे निर्देशित छैठौं चलचित्र 'न बिर्से तिमीलाई न पाएँ तिमीलाई' आगामी पुस महिनाको ३० गतेबाट प्रदर्शनमा आउने भएको छ ।


प्रज्ञा फिल्मसको ब्यानरमा गएको साउन १० गतेबाट छायाकंन सुरू गरिएको सो चलचित्रको डबिग केही दिनमा सकिने निर्देशक घिमिरेले फिल्मीखबरलाई जानकारी दिएका छन् । नाच्न चाहने केटीको कथालाई समेटेर निर्माण गरिएको उक्त चलचित्रमा गायकबाट नायक बनेका बाबु बोगटी, विराज भट्ट र नायिका झरना थापा मुख्य भूमिका रहेका छन् ।


चलचित्रको शिर्षक अनुसार यस फिल्ममा अञ्जु पन्तले गाएको हिट गजल 'न बिर्से तिमीलाई न पाए तिमीलाई ...' पनि समेटिएको छ । प्रज्ञा जोशीले निर्माण गरेको सो चलचित्रमा युवराज राईको छायकंन, महेश खडकाको संगीत, रोशन श्रेष्ठको द्धन्द्ध र गोविन्द राईको नृत्य निर्देशन रहेको छ ।