मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'कहाँ भेटिएला' दक्षिण कोरियामा

फिल्मीखबर, काठमाण्डौ, 2010/11/21

नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र 'कहाँ भेटिएला' दक्षिण कोरियामा प्रदर्शन  हुने भएको छ ।

यस अघि अष्ट्रेलियाको शोबाट १८ लाख कलेक्सन गरेको  सो चलचित्र मंसिर १९ गते अर्थात डिसेम्बर पाँच तारिखका दिन सिओल र बुसानमा प्रदर्शन गर्ने पूर्ण तयारी भईसकेको नायक  श्रेष्ठले जानकारी दिएका छन् । शिव रेग्मी निर्देशित उक्त चलचित्र प्रदर्शनका लागि नायक श्रेष्ठ सहित सोही चलचित्रकी नायिका श्वेता खड्का र केही स्टेज कलाकारहरूसमेत कोरिया जाने तयारी गरिरहेका छन् ।

'दुई तारिख सम्ममा हामी कोरिया पुगीसक्छौ'  श्रेष्ठले भने । यस्तै नायक  श्रेष्ठले बताए अनुसार सो चलचित्रलाई डिसेम्बर लास्टमा बेल्जियम, फेब्रुअरीमा  मलेसिया, मार्चमा अमेरिका र त्यसपछी  आयरल्याण्डमा प्रदर्शन  गरिने छ । सधै एउटै फिल्म मात्र प्रदर्शन  गर्ने कि अर्को फिल्म पनि बनाउने भन्दा श्रेष्ठले भने 'सवै तिर देखाईसक्छु अनि मात्र नयाँको घोषणा गर्छु ।'