मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कमेडी फिल्मको मुहुर्त

फिल्मीखबर, काठमाण्डौ, 2010/11/21

महानायक राजेश हमाललाई पहिलो पटक फूल कमेडीमा भूमिकामा प्रस्तुत गर्न लागिएको  चलचित्र 'हात लाग्यो शून्य'को आईताबार शुभ मुहुर्त गरिएको छ ।


असम्भव चिज र आफ्नो भाग्यमा नलेखिएको कुरालाई प्राप्त गर्छु भनेर जर्बजस्ती लाग्दा  त्यसको परिणाम हात लाग्यो शून्य नै हुन्छ भन्ने बिषय समेटिएको उक्त चलचित्रमा हमालको २१ बर्षे चलचित्र जिवनकै फरक भूमिका रहने बताईएको छ । बिजय विक्रम बस्नेतले निर्देशन गर्न लागेको उक्त चलचित्रमा राजेशका अलवा झरना थापा, किरण केसी, शुशिल पोखरेल गोपाल ढकाल (छन्दे) लगायतका कलाकारहरू मुख्य भूमिकामा रहने छन् ।

एक जना निर्माता नवल खड्काले नरिवल फोडेर मुहुर्त गरेको  सो चलचित्रको स्क्रिप्ट आफुलाई निकै मन परेको बताउदै नायक हमालले निर्देशक बस्नेत तर्फ औलाउदै भने 'उहाँले कलमले स्क्रिप्ट लेखेर त सफल हुनु  भयो अब क्यामेराबाट पनि सफल हुनु होला भन्ने आशा लिएको छु ।'  स्क्रिप्ट पढेपछी निकै चुनौती र फरक ट्रयाक शैलीको आफ्नो भूमिका रहेको बताउदै हमालले आफूले पनि राम्रो  अभिनय गर्ने बताएका छन् ।


श्री वि एण्ड वि इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा शुभ/कुष्मा पराजुली निर्माता रहेको उक्त चलचित्रको छायाकंन चाडै नै शुरू गरिने बताईएको छ । विकास चौधरीको संगीत, राम/जनकको द्धन्द्ध, लोकचन्द्र थापाले क्यामेरा चलाउने उक्त चलचित्रको प्रस्तुकर्ता विश्व नेपाल हुन् भने सहायक निर्देशक बसन्त अधिकारी हुन् ।