मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाजुक अवस्थामा गोपाल भुटानी

फिल्मीखबर, काठमाण्डौ, 2010/11/21

एक महिना देखि ओछ्यानमा थला परेका द्धन्द्ध तथा कला निर्देशक गोपाल भुटानीको स्वास्थ्य अवस्था थप नाजुक भएको छ ।



दुई हप्ता यता स्लाईन पानीको भरमा मात्र रहेका ७८ बर्षे भुटानीको अवस्था अत्याधिक चिन्ताजनक भएपछी आईतबार अपरान्ह उनलाई बालाजु स्थित जनमैत्री अस्पतालमा भर्ना गरिएको छ ।



उपचार गराइरहेका भुटानीले कसैलाई पनि चिन्न सक्दैनन् । अन्तिम अवस्थामा घरमै उपचार गराई रहेका भुटानीलाई पिडा भएपछी द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी र सहयोगी हरि पौडेलले अस्पताल पुर्‍याएका थिए । उनलाई अस्पतालको डे केयर स्टेशनमा राखिएको छ । भुटानीको उपचारमा खटिएका चिकित्सकहरूले स्वास्थ्यमा सुधार ल्याउन सक्ने अवस्था नरहेको बताउदै विरामीलाई परेको पिडा भने केही हदसम्म कम गर्न सक्ने बताएका छन् ।



शरिर सुकेर सिन्को जस्तो भएको भुटानीको शरिरबाट नर्सहरूले रगत समेत राम्ररी निकाल्न सकेका थिएनन् । अक्सिजनको भरमा रहेका भुटानीले आईतबार अस्पतालको शैयाबाटै ऐया ऐया भनेर चिच्याई रहेका थिए । राज्यले आफुलाई नागरिकता दिए राम्ररी मर्न पाउथे भन्दै आएका भुटानीको अन्तिम अवस्था भई सक्दा पनि सरकारले उनको नागरिकताका लागि कुनै पहल गरेको छैन ।

 

गोपाल भुटानीको बालाजु स्थित जनमैत्री अस्पतालमा उपचार गर्दै गर्दाको भिडियो हेर्नुहोस् ।