
फाल्गुनको पहिलो साता सार्वजनिक हुन लागेको चलचित्र 'मनमनै मन पराएँ' को अडियो गीत र सिआरबिटी सार्वजनिक गरिएको छ ।
चलचित्रका गीत केहि समय अगाडी हेटौंडाको एक एफ एमले सार्वजनिक गरेको भए पनि अनलाईन मार्फत भने चलचित्रको दुई गीतलाई फिल्मीखबर डटकमले सार्वजनिक गरेको छ । यसैगरी फिल्मीखबर डटकमबाट नै सोही चलचित्रका सिआरबिटी पनि सार्वजनिक गरिएको छ ।
चलचित्रमा ४ गीतहरू समाबेश गरिएको छ । जसमा एक गीतमा महेश खड्काको संगीत छ भने बाँकी तीन गीतहरूमा बसन्त सापकोटाको संगीत रहेको छ । राजेन्द्र उप्रेतीले निर्देशन गरेको उक्त चलचित्रमा मुकेश ढकाल, राज तिम्लिसिना, ऋचा सिंह ठकुरी, जय किशन बस्नेत, सुनिल थापालगायतले अभिनय गरेका छन् । मातृभूमि नेपाल मुभिज प्रालिको ब्यानरमा रामेश्वर भट्टराई निर्माता रहेको उक्त चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
गीतको बोल शब्द संगीत स्वर सिआरबिटी नं
मैले मन पराएँ किरण खरेल महेश खड्का दिपक लिम्बु / प्रबिशा अधिकारी ०१७०००४३३९४
बोले माया बढ्छ बसन्त सापकोटा बसन्त सापकोटा दिपक लिम्बु / प्रबिशा अधिकारी ०१७०००४३३९०
झम झम पानी पर्यो दयाराम पाण्डे बसन्त सापकोटा राजेश पायल राई / मिना सिंह ०१७०००४३३९३
तिम्रो माया मेरो भन्दा दयाराम पाण्डे बसन्त सापकोटा राजेश पायल राई / चन्दा देवी ०१७०००४३३९२
चलचित्रको दुई गीत सुन्न चाहेमा तलको लिङमा क्लिक गर्नुहोला ।