मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुमार कान्छाको स्वास्थ्यमा पुनः समस्या

फिल्मीखबर, काठमाण्डौ, 2010/11/22

स्पाईनल कर्डका विरामी गायक कुमार कान्छाको स्वास्थ्यमा पुन : समस्या देखिएको छ । नेपालीहरूको आर्थिक सहयोगका कारण स्वास्थ्यमा क्रमिक उपचार भएपछी उनलाई १५ दिन अघि घर फर्काइएको थियो तर अवस्था पुनः बल्जिएपछी तीन दिन अघि कान्छालाई अस्पताल भर्ना गरिएको कुमार कान्छाका भान्जा कृष्ण महर्जनले जानकारी दिएका छन् । कान्छालाई मुर्म्बई स्थित रैइजा अस्पतालमा भर्ना गरिएको छ जहाँ उनको किमोथेरापी पद्धतीबाट उपचार भईरहेको छ ।



यस्तै महर्जनले दिएको जानकारी अनुसार उनको किमोथेरापी सात आठ पटक अझै गर्नु पर्ने छ , जसका लागि थुप्रै पैसाको आवश्यक्ता पर्दछ । कान्छाको स्वास्थ्य उपचारमा आर्थिक रकम संकलनका लागि खोलिएको बैकं एकाउन्ट खातामा पछिल्लो पटक ७८ हजार रकम जम्मा भएको थियो जस मध्ये ७५ हजार कुमार कान्छालाई प्रदान गरिसकिएको भान्जा महर्जनले जानकारी दिएका छन् ।



यस्तै उपचारकै लागि गएको कात्तिक १३ गते देखि खोलिएको मोबाईल एसएमएस अभियानमा पनि सोमबार बिहान सम्म करिब ८९ हजार रकम संकलन भईसकेको छ । कान्छाको उपचारको लागि थप रकम आवश्यक पर्ने भएकाले थुप्रै सञ्चारमाध्यमबाट एसएमएस रकम संकलन अभियान जारी छ ।


यदि तपाई पनि गायक कुमार कान्छालाई तुरून्त सहयोग गर्न चाहानु हुन्छ भने आफ्नो मोबाइलको म्यासेज बक्समा गएर HELP टाईप गरी 5001 मा सेण्ड गर्नु पर्ने छ । एउटा एसएमएस सेण्ड गरेवात ३ रूपैया ७४ पैसा टेलिकमले काट्ने छ जसबाट कुमार कान्छाको खातामा १ रूपैया ३८ पैसा जम्मा हुने छ ।

 

गायक कान्छाको भिडियो र एसएमएस भोटिङ  रिजल्ट हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

social.sparrowsms.com/kumar_kancha_campaign_2010_10_30/