मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मनीषा डिभोर्स चाहन्छिन्

फिल्मीखबर, काठमाण्डौ, 2010/11/22

केही दिन अघि फिल्मीखबरमा प्रकाशित समाचारमा नायिका मनीषा कोइरालाले पति स्रमाट दाहालसंगको सम्बन्ध विच्छेदलाई हल्ला भनेर प्रतिक्रिया दिएकी थिईन् । तर सोमबार भारतीय अनलाईन पत्रिका जागरण याहू डट कमले उनको भनाईलाई खण्डन गर्ने हिसावले डिभोर्सको समाचार सार्वजनिक गरेको छ ।


प्रकाशित उक्त समाचारमा भनिएको छ, 'मनीषाले डिभोर्सको चाहाना सामाजिक संजाल फेसबुकमा लेखेकी थिईन् ।' यस्तै समाचारमा डिभोर्सको फैसलाले उनको आमा बुबालाई समेत असर नपर्ने कुरा मनीषाले उल्लेख गरेको जनाईएको छ । फेसबुकमा मनीषाले लेखेको उक्त संदेश केही पलमै दुनिया भर फैलियो र डिभोर्सको बारे बुझ्नको लागि उनका शुभ चिन्तक र साथीहरूले उनलाई फोन गर्न सुरू गरे । केहीले उनको फैसलालाई र्समर्थन गरेको र केहीले नगरेको कुरा समाचारमा उल्लेख गरिएको छ । तर त्यो स्टाटस लेखेको केही घण्टामै मनीषाले त्यसलाई हर्टाईदिएको पनि जागरणले आफ्नो समाचारमा जनाएको छ ।



केही दिन अघि देखि स्रमाट र मनीषा बीच रक्सीको कारण घरमा विवाद उत्पन्न भएपछी सम्बन्धमा चिसोपना आएको खबर फिल्म इन्ड्रस्ट्रीमा फैलिईरहेको बेला जागरणले रिसमा आएपछी मनीषाले सो कुरा फेसबुकमा शेयर गरेको जनाएको हो । यस्तै समाचारमा फेरी भनिएको छ, 'त्यो स्टाटसको कारण मनीषाले पश्चताप पनि गरेकी छिन् ।' जागरणले मनीषाको भनाईलाई उल्लेख गर्दै अन्तमा यो पनि लेखेको छ कि 'म्यासेज लेख्ने समयमा म रिसको मुद्रामा थिएँ । धेरै जसो केही नसोची नसम्झी म मुर्खता गरी बसिरहेको हुन्छु । मैले त्यो सन्देश यो कारणले हटाएकी जुन कुरालाई यहाँ गम्भीर रूपमा हेरिदैछ ।'



त्यो समाचारलाई आधार मानेर हेर्ने हो भने मनीषाले डिभोर्स जस्तो कुरालाई सामान्य रूपमा हेरेको स्पष्ट हुन्छ । यस्तै फिल्मीखबरलाई आएको अपुष्ट समाचार अनुसार मनीषाले सम्राट निवासबाट आफ्नो सामान माइती पुर्‍याईसकेकी छिन् । ब्यापारी सम्राट र मनीषाको बिबाह पाँच महिना अघि धुमधामका साथ भएको थियो।


यस्तै भारतीय केहि अनलाईन पत्रिकाहरूले पनि मनीषाको डिभोर्सको त्यो समाचारलाई प्रथामिकता दिदै प्रकाशित गरेका छन् ।