मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झरनाको केटी हराइन्

फिल्मीखबर, काठमाण्डौ, 2010/11/22

नायिका झरना थापाले एक बर्ष अगाडी केही सञ्चार माध्यमममा एउटा चलचित्र बनाउने घोषणा गरेकी थिईन् । त्यो समय उनले चलचित्रको नाम पनि अनौठो राखेकी थिइन् 'केटी हराएको सूचना' । तर शिर्षक सुन्दा सूचना जस्तै लाग्ने उनको त्यो चलचित्र अब सूचनामा नै सिमित रहने भएको छ ।


कारण एक बर्षअघि निर्माण गर्ने भनिएको सो चलचित्र अब उनले नबनाउने निर्णय गरेकी छिन् । यस सम्बन्धमा फिल्मीखबरले प्रश्न गर्दा झरनाले समय अनुसारको त्यो कथा फिट नभएको भन्दै त्यसको सट्टा अर्कै प्रोजेक्टको तयारी पूरा भईसकेको बताएकी छिन् । केटी हराएको सूचनाको स्क्रिप्ट ब्रजेश खनालले लेखेका थिए र त्यो स्क्रिप्ट बापत झरनाले ब्रजेशलाई ५० प्रतिशत रकम पनि दिईसकेकी थिईन् ।


अब झरनाले आफ्नै एस के प्रोडक्सन हाउस मार्फत नयाँ प्रोजेक्टको चलचित्र सुरू गर्दैछिन् जसको नाम साथी विना राखिएको छ । पाँच जना साथीहरूको कथालाई समेटिएको उक्त चलचित्र आगामी माघको अन्तिम साताबाट छायाकंन गर्ने तयारी समेत रहेको झरनाले बताएकी छिन् ।

 

झरना त्यो चलचित्रमा मुख्य भूमिकामा रहने छिन । चलचित्रमा चार जना नायक रहने उनको भनाई छ । झरना पती सुनिल कुमार थापा निर्माता रहने उक्त चलचित्रलाई दायाराम दाहालले निर्देशन गर्ने समेत पक्का भईसकेको बताईएको छ ।