मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुटानीको अन्त्येष्टी

फिल्मीखबर, काठमाण्डौ, 2010/11/23

मंगलबार बिहान ११ बजे बालाजु स्थित जनमैत्री अस्पतालमा देह त्याग गरेका द्धन्द तथा कला निर्देशक गोपाल भुटानीको अन्त्येष्टी गरिएको छ । उनको तामाङ विधिविधान अनुसार  लामा पाठ गराएर अत्येष्टी गरिएको हो ।

 


स्वर्गीय भुटानीलाई  द्धन्द निर्देशक राजेन्द्र खड्गीले साढे ४ बजे  दागबत्ती दिएका हुन। दागबत्ती दिनु पूर्व उनलाई क्म्यूनिष्ट झण्डा समेत ओर्ढाईएको थियो । करिब साढे पाँच घण्टाको  श्रद्वाञ्जाली कार्यक्रम पछी भुटानीको अन्त्येष्टी गरिएको हो ।

 

श्रद्वाञ्जाली दिन सयौं कलाकारका अलवा सूचना तथा संचार मन्त्री  शकर पोखरेल, एमाले नेता रघुजी पन्त समेत आएका थिए । अन्तिम इच्छा नागरिकता भन्दै आएका भुटानीलाई राज्यले नगरिकता दिन नसकेकोमा मन्त्री पोखरेलले गुनासो समेत ब्यक्त गरे । यध्यपी नागरिकताको लागि कागजी प्रक्रिया अघि बढिसकेकोले राज्यले उनलाई मरणोपरान्त पछी पनि सम्मान गरि छाड्ने बताए ।