बाबुराम ढकालको लेखन तथा निर्देशन रहेको चलचित्र दुलहीको छायाकंन आज मंगलबार चितवनको ज्योती नगरबाट सुरू भएको छ ।
फिल्मीखबरलाई दिएको जानकारी अनुसार सो चलचित्रको शुभ मुहुर्त पनि मंगलबार नै गरिएको हो । चितवन काँग्रेस जिल्ला सभापति विकास कोइराला, चितवनका प्रहरी प्रशासनका केही अधिकारी लगायतले मुहुर्त गरेको उक्त चलचित्रको छायाकंन ४५ दिन भित्र सक्ने योजना रहेको प्रोडक्सन म्यानेजर प्रकाश महराले जानकारी दिएका छन् । ४५ दिन मध्ये ३० दिन चितवनका विभिन्न रमणिय स्थानमा सो चलचित्रको छायाकंन गरिने म्यानेजर महराको भनाई छ ।
ओ एस आर फिल्मसको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रमा महानायक राजेश हमाल मुकेश ढकाल र नव नायिका सुमिना घिमिरे मुख्य भूमिकामा रहेका छन् । यस्तै अतिथि भूमिकामा अभिनेत्री करिश्मा मानन्धरले पनि आभिनय गर्ने बताईएको छ । रामेश्वर कार्कीको सिनेमाटोग्राफी रहने उक्त चलचित्रमा अष्ट लामाको संगीत, अष्ट महर्जनको द्धन्द तथा कविराज गहतराज, शंकर बीसी र पुनम राईको नृत्य रहने छ ।