मंगलबार बिहान निधन भएका द्वन्द तथा कला निर्देशक गोपाल भुटानीको नाममा पुरस्कार स्थापना गरिने भएको छ ।
फिल्मीखबरसंग कुरा गर्दै चलचित्र द्वन्द कलाकारसंघका अध्यक्ष योगेन्द्र श्रेष्ठले छिट्टै नै कार्यसमितिको बैठक बसी भुटानीको नाममा पुरस्कार स्थापना गरिने बताएका हुन् । नेपालमा द्वन्दनिर्देशन गर्ने पहिलो फाईट डाइरेक्टरको रूपमा परिचित भुटानीको जस्तै मिहिनेत गर्ने जो कोही चलचित्रकर्मीलाई प्रत्येक बर्ष भुटानी पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठको भनाई छ ।
कुशल कलाकार समेत रहेका भुटानी एक महिना ३ दिनको ओछयान थलापछी कहिलै नर्फकने गरी मंलबार सवैलाई छाडेर गएका हुन् ।