मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुटानीले लेखेको आफ्नै जीवनको एक कथा

अनुप भट्टराई, काठमाण्डौ, 2010/11/24

द्धन्द्ध तथा कला निर्देशक गोपाल भुटानीको हिजो मंगलबार निधन भएको छ । उनको वास्तविक नाम गोपाल बहादुर तामाङ हो । पछिल्लो चरणमा दिएको जानकारी अनुसार उनको उमेर ७८ बर्षको थियो तर उनले लेखेको एक कथामा आफ्नो जन्म भने विस १९८४ भदौ १६ गते इलामको फिक्कलमा भनि उल्लेख गरिएको छ । यस्तै सो बृतान्तमा आफ्नो  पिता बुद्धिमान तामाङ र बाजे हर्कमान तामाङ भनि उल्लेख गरिएको छ ।



निधन पश्चात फेला पारिएको उनको त्यो कथामा आफ्नो जीवनको संघर्ष कष्ट र पूरा जिवनको संक्षीप्त बयान उल्लेख गरिएको छ । कस्तो थियो त इतिहास पुरूष गोपाल भुटानीको त्यो जिवनकाल केही सम्पादन गरेर उनकै शब्दमा...............



१९९० सालमा बंगलादेशमा गई ५ कक्षा सम्मको शिक्षा हासिल गरि १९९८ सालमा बम्बई प्रस्थान, बम्बई जानुको मुख्य कारण थियो फिल्म खेल्न ।  बम्बईमा केही समयसम्म त एउटा स्टेशनमै बास बस्न पर्‍यो  । त्यसपछी फिल्म नसाले गर्दा विभिन्न किसिमका दुःख कष्ट सहेर घडी पसल नारायण वाचमा काम गरे त्यहाँबाट पनि छोडेर क्याप्टेन फाउण्डेशन पेनमा २ बर्षकाम गरे ।


त्यसपछी त्यही फिल्म नशाले गर्दा जागिर खाने र छोड्ने क्रम चलिरहयो । पछी गोरेगाँउको सुदामा सिल्क मिलमा लेवर काम गरे । त्यहाँ पनि त्यो नशाले गर्दा जागिर छोड्नु पर्‍यो । आजाद मैदान मेरो स्टूडियोहरू घुम्ने पुरा समय त भयो तर खाने र बस्ने समस्याले होटलमा काम गर्नु पर्‍यो । आजाद मैदान होटलको छेउमा थियो । त्यही मैदानमा जेमिनी र्सकस आयो । म पनि ६ महिना सम्म र्सकसमा काम गरें । मेरो काम फोहोर उठाउने थियो । यो मेरो जिन्दगीको लागि एउटा मार्गदर्शन हुन पुग्यो ।

 

मैले त्यहाँ प्रशस्त मात्रामा सिक्ने मौका पाएँ । अनि मैले स्टूडियोहरू घुम्ने मौका पाएँ । मलाई  एम एम टी स्टूडियोमा लगियो ।  मलाई हिरोइनको डुप्लिकेट गर्नको लागि लगिएको रहेछ । बुरान भाईले फाईट मास्टरसंग भेर्टाई दियो । उसले 'यो रोल गर्न सक्छस भनेर सोध्यो ?'   यो मेरो सपना थियो, अनि म पनि नअलमलिकन सक्छु भनिदिएँ । त्यसपछी केटीको लुगा लगाई दिईयो र यसो-यसो गर्न भनि सिकायो । सेट लगाएको रहेछ त्यहाँ गईयो, सुटिङ्ग पनि सुरू भयो मेरो सपना विपनामा पहिलो फिल्म यात्रा थियो ।



एक तल्ला माथिबाट ग्रिल तोडेर तल खस्नु पर्ने थियो । सट लड्न पर्ने थियो तर म नलडी उभी दिएँ । पहिलो शब्द सुने ताली बज्यो कटकट, के होला जस्तो लाग्यो त्यसपछी धेरै राम्रो त भयो तर लड्नु पर्ने फेरी अर्को सट लिने भनी सोध्यो मैलै हुन्छ भनिदिएँ । तर फाईट मास्टरले यहीँ लडे हुन्छ भनी दियो । म पनि भने बमोजिम त्यही लडी दिएँ ताली बज्यो मास्टरजीले ५ रूपैया इनाम दियो । हिरो हिरोइनले स्यावासी सहित अँगालो मारे । म त यति खुशि भए कि त्यो म बर्णन गर्न नै सक्दिनथे । यो मेरो पहिलो फिल्मी यात्रा थियो । दिन भरी त्यहीँ बसियो खाना खाईयो, साँझ प्रोडक्सन म्यानेजरले १० रूपैया पारिश्रमिक दियो ।

 

फेरी समस्या खाने बस्नेको । होटलमा बस्दा एउटा सरदार ड्राईभरसंग दोस्ती थियो । त्यसलाई भेटे कामको कुरा गर्दा गाडी धुने काममा लगाईदियो र सिकायो । गाडी धुने काम गर्न थाले । त्यहीँ गाडी चलाउन सिकें । इगल्स फिल्ममा ड्राईभरको नोकरी पाएँ । फेमस स्टूडियोमा अफिस रहेछ । त्यहाँ पहिला म धेरै पटक गएको थिएँ । गेटमा पालेलले भित्र पस्न दिदैनथ्यो । तर पहिलो पल्ट गाडी लगेर भित्र जाँदा मलाई साहै खुशी लाग्यो । मैले त्यहाँ प्रोडक्सनको काम सिकेर त्यही सानोतिनो रोल पनि गर्न थालें ।

 

मुभी स्टण्ट आर्टिष्ट एशोसिएशन भन्ने संघ खुल्यो र म त्यसको सदस्य भएँ । त्यतिबेला वेसी काम हुदैनथ्यो । पेटको लागि केही त गर्न पथ्र्यो त्यसपछि आर्ट र्डाईरेक्टरसंग कुल्ली काम गर्न थाले । त्यहाँ मैले आर्टको काम सिकें जो मैले अहिले गरिरहेको छु । त्यपछी दाह्रासिहं किङ्गकङ्गको फाइटिङ्ग पिर्क्चर्स बन्न थाले पछी फाइटको काम पाउन थालें । त्यसपछी म फाईटतिर लागें। दिनको ६ रूपैया पाईन्थ्यो। गर्दा-गर्दा शेठ्ठी साबको असिस्टेन्ट बनें । चेतन आनन्दले एउटा फिल्म सुरू गर्नु भएको रहेछ । उहाँले मलाई बोलाउनु भयो । त्यो चाईनिज ब्याकग्राउण्डमा बनेको रहेछ । त्यसमा मलाई मेन भिलेनमा सेलेक्ट गर्नुभयो । हिरो त बन्न पाईन तर भिलेन बनें खुशी लाग्यो । फिल्म थियो हकिकत । फिल्म सुपरहिट भयो । त्यसपछी अरू फिल्महरू एडिँका पञ्जावी, ए रास्ता हे चिन के, ललकारमा गर्ने मौका पाएको थिएँ तर पछी इण्डियाको प्रधानमन्त्रीले तास्कन घोषणामा प्रपोगान्डा फिल्म नबनाउने घोषणाले गर्दा यस्ता फिल्महरू बन्द भयो ।




भिलेन भैसकेको  हुनाले सानो-सानो रोल गर्न मिलेन । त्यसपछी एउटा साथीले मरकरी प्रोडक्सन खोल्यो । त्यसमा मैले प्रोडक्सन म्यानेजरको काम गरें । त्यो पिर्क्चर्स थियो नैनीहाल । त्यसमा र्साईड भिलेनको रोल पनि गरें । फेरी अर्को अफर आयो सुनिल दत्तको फिल्म मनका मीत जसमा आर्ट र्डाईरेक्टर बाबु भाईले दार्जलिङ्गको सेट लगाउनु पर्ने हुनाले मलाई नेपाली भनेर सेकेण्ड असिस्टेन्ट भई काम गर्ने मौका दिनु भयो । पूरा सेट मैले दार्जलिङ्गमा लगाएँ । बम्बईमा मैले प्रोडक्सन एक्टिङ्ग, फाईट, आर्ट गरें । त्यहाँ एउटा क्लब थियो । मैले फाईट सम्बन्धी काम सिकें । सतिस भुटानी भन्ने गुरू हुनुहुन्थ्यो तर उहाँ भुटानी होईन । सिहं हैदरबादको हुनुहुन्थ्यो जो अहिले पाकिस्तानमा हुनुहुन्छ । उहाँको देहान्तपछी हामी चेलाहरूले उहाँको सम्मानमा भुटानी राखियो जो मेरो अहिले पनि नामसंग जोडिएको छ ।



म नेपाल आईरहन्थें । यहि क्रममा मैले नेपालमा मनको बाँध भन्ने फिल्ममा काम गरें । त्यसपछी प्रकाश थापाजीले जीवन रेखामा द्धन्द्ध निर्देशकको रूपमा  नेपालमा काम गर्ने मौका दिनु भयो । त्यो नेपालकै पहिलो द्धन्द्ध भएको फिल्म थियो । त्यो २०३६ सालमा बनेको थियो । त्यसपछी म नेपालमै निरन्तर रूपमा काम गरिरहेको छु । यहाँ मैले द्धन्द्ध निर्देशक कला निर्देशक, कलाकार गरी विभिन्न किसिमका रोलहरू निभाउदै आईरहेको छु र हाल एउटा सुटिङ्ग स्टूडियो बनाउन लागि रहेको छु । जुन स्टूडियो दुनियाँमा पनि नहुन सक्छ । त्यहाँ रेडिमेड सामानका साथ उपलब्ध हुनेछ । जहाँ सुटिङ्ग गर्दा निर्माताले आफ्नो सामान बाहेक अरू सबै उपलब्ध रहने छ ।



बम्बई गएपछी मैले आफ्नो नाता गोता घर, आमा, बुबा, भाईबहिनी सबै गुमाएँ । पछि फिक्कल घर भएको कुरा भाई भेटेपछी थाहा भयो । यो जिन्दगीमा मैले गुमाएको सबभन्दा महङ्गो कुरा थियो । आज म संग कोही छैनन् तर तर म खुशी छु किन कि मलाई गोपाल भुटानी भनेर सवैले चिन्छन् माया गर्छन् ।



यो नै मेरो जिन्दगीको लागि सब थोक भैरहेको छ । म यसमा खुशी छु । म शान्तसंग यही देशमा रमाउन संकु र अन्त्य पनि यहि देशमा होस् । आज मेरा चेलाहरूले साथ दिईरहेका छन् । मेरो सिप आज उनीहरूले उपयोग गरी नेपाली चलचित्र उद्योगलाई रित्तो हुन दिईरहेका छैनन् । म आफुलाई यसमै भाग्य मानी ठानीरहेको छु.......................